व्यासनगरपालिका–२ निवासी प्रा.डा.ईश्वरचन्द्र वाग्लेले आफ्नो मातापिताको नाउँमा रु.एक लाख ५१ हजार १११ को अक्षय छात्रवृत्ति कोष स्थापना गर्नुभएकोे छ ।
व्यासनगरपालिका–१ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसमा प्रा.डा. वाग्लेले मातापिता केशव–पार्वतीको नाउँमा उक्त अक्षय छात्रवृति कोष स्थापना गर्नुभएको हो ।
प्रा.डा.वाग्लेले यसअघि छात्रवृत्ति कोषमा रु.एक लाख एघार हजार १११ रुपैयाँको अक्षय छात्रवृत्ति स्थापना गर्नुभएकोमा मंगलबार पुन ः रु.चालिस हजार थप गरी उक्त रकम बराबरको अक्षय छात्रवृत्ति कोष पु¥याउनु भएको हो ।
विगतमा २७ बर्ष सोही क्याम्पसमा नेपाली विषयको अध्यापन गरी अवकाश लिनुभएका प्रा.डा.वाग्लेले क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठ मार्फत क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई हस्तान्तरण गर्नुभएको हो ।
उक्त अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रह्मदत्त तिमल्सेना क्याम्पस प्रमुख महाप्रसाद हड्खले, सहायक क्याम्पस प्रमुख डा.रामकुमार अधिकारी र सागर पौडेल लगायतको उपस्थिति रहेको थियो ।
उहाँका अनुसार डा.वाग्लेले क्याम्पसमा डिग्री कक्षा सञ्चालनको अवसरमा पनि क्याम्पसलाई रु.एकातीस हजार दान गरी सहयोग गर्नुभएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताउनुभयो ।
प्रा.डा. वाग्लेले मंगलबार नै शहिद चन्द्र छात्राबासमा खाद्यान्न खरीद सहयताको लागि रु.दश हजार गरी कूल रु.पचास हजार सहयोग गर्नुभएको सो क्याम्पसले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij