जनचाहना न्युज
तनहुँ ५ असार
एलायन्स क्लव अफ तनहूँका बर्ष २०२२÷२३ का अध्यक्ष विनय राउतको जन्मदिनको अवसरमा यहाँको एक बृद्धाश्रमलााई खाद्यान्न सहयोग गरिएको छ । व्यास–५, बेनीपाटनमा रहेको परासर बृद्धाश्रममा एक कार्यक्रमको आयोजना गरी खाद्यान्न सहयोग गरेको हो । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै आश्रमका अध्यक्ष तारानाथ घिमिरेले क्लवको सहयोग प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताए । क्लबले आश्रमप्रति देखाएको कार्य अनुकरणीय भएको उल्लेख गर्दै आउँदा दिनमा पनि सहयोगको अपेक्षा गरिएको उनले बताए ।

आफ्नो जन्मदिन आश्रममा रहेका बृद्ध बुवाआमाहरुसंग मनाउने अवसर पाएकोमा अत्यन्तै खुसी लागेको अध्यक्ष राउतले बताए । क्लबको उद्देश्य नै सामाजिक क्षेत्रमा काम गर्ने भएकोले जन्मदिनको अवसरमा हुने फजूल खर्च आश्रममा सहयोग गरिएको उनले बताए । क्लवका पदाधिकारी,सदस्यहरुको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको हो । दमौली क्षेत्रमा रहेर सक्रिय एलायन्स क्लव अफ तनहुँले धार्मिक स्थलहरुको सरसफाई, गौसंरक्षण केन्द्र पुगेर गाई दाना खुवाउने, मानसिक रोगीको लागि हेरचाहको लागि पहल गर्ने, आर्थिक अवस्था कमजोर छात्रछात्राहरुलाई स्टेशनरी, पोशाक सहयोग गर्ने जस्ता कार्य गर्दै आएको क्लवका निवर्तमान अध्यक्ष सुदिप पौडेलले जानकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij