Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यासको नीति,बजेट तथा कार्यक्रम तर्जुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • 410
    SHARES
  • 410 Shares
  • जनचाहना न्युज
    तनहुँ ५ असार 
    व्यास नगरपालिका कार्यालयको आयोजनामा आयोजित आ.ब. ०७९÷ ०८० का लागि नीति,बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ । उक्त कार्यक्रमको नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गरे । सो अवसरमा बोल्दै नेता पौडेलले आम्दानी रोजगारीमूलक योजना बनाएर विकास गर्नुपर्नेमा जोड दिए ।
     नगरबासीको भावनालाई समेटेर विकासमा फड्को मार्ने गरी योजना बनाएर अघि बढ्नुपर्नेमा नेता पौडेलको भनाई थियो । कार्यक्रममा नेकाँ जिल्ला सभापति जीतप्रकाश आलेले नीतिगत रुपमा छलफल गरी बजेट बिनियोजन गर्न सुझाव दिए । 
    नेकपा एसका पोलिटब्युरो सदस्य पिएल श्रेष्ठले तीन वटै तहमा काँग्रेसको नेतृत्व रहेकोले व्यासलाई काम गर्न सहज स्थिति भएको बताए । नीजि क्षेत्रलाई समेट्दै अघि बढ्न सकेको अवस्थामा विकासले गति लिन सक्ने उनको सुझाव थियो । तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले नीजि क्षेत्रलाई अघि बढाउन प्रोत्साहनमुलक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष बृर्षराज श्रेष्ठले उपभोक्ता र उद्योगीलाई मार पर्ने गरी कर लगाउन नहुनेमा जोड दिए ।
    कार्यक्रममा कोशिस नेपालका परियोजना संयोजक नरेश गजुरेलले मानसिक स्वास्थ्य समस्या तनहुँमा बढ्दै गएको अवस्थामा घर घर देखि बिद्यालयसम्म स्वास्थ्य समस्याका कार्यक्रमको लागि बजेट बिनियोजन गरी काम गनुपर्नेमा सुझाव दिए । 
    आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलले जिल्लामा प्राविधिक जनशक्ति अभाव रहेकोले प्राविधिक जनशक्ति उत्पादन हुने गरी शैक्षिक क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए । 
    कर्यक्रममा नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति कृष्णहरी वाग्ले,इन्जिनियर हरिदत्त पौडेल,राप्रपा व्यास नगर कमिटीका उपाध्यक्ष रामचन्द्र अधिकारी,जिल्ला सहकारी संघका सदस्य श्रीप्रसाद भट्टराई,नेकपा एसका जिल्ला नेता मंगलप्रसाद श्रेष्ठ, एनजिओ नेटवर्ककी सचिव सुशिला शर्मा,अधिवक्ता एवं बालबालिका अभियान्ता सरीता भण्डारी, रिसेडका कृष्ण न्यौपाने लगायतका वक्ताहरुले सबै क्षेत्रलाई समेटेर बजेट बिनियोजन गर्न सुझाब दिएका थिए । सहभागिबाट उठेका सुझावलाई व्यास नगरप्रमुख बैकुण्ठ,न्यौपाने,प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल,व्यासका बिज्ञ शेषराज न्यौपाने लगायतकाले सहजीकरण गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार