Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

दमकलमा पानी भर्न दमौलीको भोर्लेटार चोकमा प्वाइन्ट

  • 287
    SHARES
  • 287 Shares
  • जनचाहना न्युज
    तनहुँ ६ असार                                                                                      साँकेतिक तस्बीर ः 
    दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आगलागी हुँदा नियन्त्रणको लागि दमकलमा पानी भर्नको लागि  दमौलीको भोर्लेटार चोकमा प्वाइन्ट राखेको छ । व्यास नगरपालिका–४ मा कार्यालय रहेको उक्त खानेपानी संस्थाले बजार क्षेत्रमा हुन सक्ने आगलागीका घट्नामा सहज रुपमा नियन्त्रण लिने उद्देश्यले पानी भर्ने प्वाइन्ट राखेको हो । केही दिन अघि दमौली बजार क्षेत्रमा आलागी हुँदा आगो नियन्त्रणको लागि हेलिकप्टरको प्रयोग गर्नुपरेको अवस्थालाई मध्यनजर गर्दै खानेपानी संस्थाले प्वाइन्ट राख्न थालेको हो । 
    पहिलो चरणामा दमौलीको भोर्लेटार चोकमा पानी भर्ने प्वाइन्ट राखेर शुरुवात गरिएको संस्थाका अध्यक्ष बृर्षराज श्रेष्ठले जानकारी दिए । बजारको अन्य क्षेत्रमा पनि पानी भर्ने प्वाइन्ट राख्ने योजना बनाइएको अध्यक्ष श्रेष्ठले बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार