सहमतिको धेरै प्रयास गरिएपनि व्यासनगरपालिका–२ स्थित सत्यबती माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष पदको टुङ्गो अझै लाग्न सकेको छैन् ।
तीन जना समितिका सदस्यहरुको टुङ्गो लगाएपनि अध्यक्ष पदका आँकाक्षी चारै जनाले आफ्नो ढिप्पी नछाडेपछि सहमति हुन नसकेको हो ।
अध्यक्ष पदका चार आँकाक्षी चार पट्टि बटारिदाँ सहमति हुन नसकेको व्यासनगरपालिका–२ का वडाध्यक्ष काशीराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको सदस्यमा रिता रेग्मी सिग्देल, गौरीशंकर थापा र कृष्णकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
अध्यक्ष पदको आँकाक्षीमा रहेका सुरेश वाग्ले, करुण काफ्ले, माधव अधिकारी र सूर्य लम्साल कुनैले पनि एकले अर्कालाई छाड्न तयार नहुँदा यो समस्या आएको हो ।
सहमतिको प्रयासको लागि पहल गरिरहेको छ । निर्वाचन नहुँदा सम्म आफ्नै नेतृत्वमा विव्यास संञ्चालन हुने उहाँले बताउनुभयो ।
कोरोनाका कारण बढी अभिभावक बोलाएर भिडभाड गर्न मिल्ने अवस्था पनि छैन् । उहाँले भन्नुभयो ‘एसइईबाट भर्ना हुन रोकिएका विद्यार्थीहरुको आजबाट अनलाइनबाट भर्ना थालिएको छ ।’
पढाई सुचारु कहिलेबाट गर्ने भनेर छलफलको टुङ्गो लगाएर त बस्नै पर्यो नि । उहाँले भन्नुभयो ‘समिति छैन् भनेर पढाई रोक्न त भएन नि ।’ वडाध्यक्षको नाताले नैतिक जिम्मेवार पनि थपियो,भरसक मिलाउने प्रयासमा लागेको छौ । उहाँले भन्नुभयो ‘वडाध्यक्षको नाताले भताभुङ बनाएर छाड्न त मिलेन,आफैले नेतृत्व लिन बाध्य भएको छु ।’
आफुलाई संयोजकको जिम्मामा खटाएपछि आर्थिक पारदर्शितालाई जोड दिएको छु । उहाँले भन्नुभयो कमसेकम एक दुई कार्यकाल सम्हाली सकेका र अनुभव लिएका व्यक्तिले नेतृत्व लिदाँ प्रभावकारी हुन्छ भन्ने मान्यता रहेको छ ।
विद्यालयका प्रधानाध्यापक इन्द्र प्रसाद पौडेलले अध्यक्ष पदको लागि पटक पटक सहमति गर्न खोजिएपनि सहमतिमा पुग्न हुन नसकिएको बताउनुभयो । व्यासनगरपालिका भित्रका अधिकाँश विद्यालयहरुमा अध्यक्ष पद सर्वसम्वत चयन गर्ने कार्य सम्पन्न भएपनि सत्यबतीमा भने भाँडभैलो कायमै रहदै आएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij