Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँको आदिकवि भानुभक्त क्याम्पसमा रु.पैतिस लाखको अक्षयकोष स्थापना,बर्षेनी कोष बृद्वि गर्दै लैजाने योजना 

  • 399
    SHARES
  • 399 Shares
  • जनचाहना न्युज
    तनहुँ ७ असार 
    व्यास नगरपालिका–१ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसमा रु.पैतिस लाखको अक्षयकोष स्थापना गरेको छ । क्याम्पस संञ्चालक समितिको अध्यक्ष ब्रह्मादत्त तिमिल्सेनाको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । यस आर्थिक बर्ष क्याम्पसको कोषमा आम्दानी भएको रकम मध्ये उक्त रकमको अक्षयकोष स्थापना गरेको हो । उक्त रकमबाट आएको ब्याजले क्याम्पसबाट निबृत्त भैजाने प्राध्यापक र कर्मचारीलाई उपदान प्रदान गर्न अक्षयकोष स्थापना गरेको हो । 
    केही बर्षअघि घाटामा रहेको उक्त क्याम्पसले ऋणमुक्त भई नियमित रुपमा मासिक तलब भुक्तानी गर्दै आएको छ । हाल क्याम्पसले रु.दुई करोड पचास लाख बैक ब्यालेन्स रहेको क्याम्पसले जनाएको छ । उक्त कोषमा बर्षेनी रकम थप्दै बृद्वि गर्दै लैजाने योजना रहेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए । 

    तनहुँका सामुदायिक क्याम्पसहरु मध्ये अक्षयकोष स्थापना गर्ने उक्त क्याम्पस नै पहिलो भएको बताइएको छ । हाल उक्त क्याम्पसमा तीन हजार विद्यार्थी अध्ययनरत छन् । पूर्णकालिन उन्तीस र आँशिक  सैतिस गरी छैसठ्ठी जना प्राध्यापक र पन्ध्र जना कर्मचारी कार्यरत छन् । उक्त क्याम्पसमा ९० प्रतिशत छात्राको बाहुल्यता रहेको छ भने ७२ प्रतिशत जनजाति,१८ प्रतिशत दलित र दश प्रतिशत अन्य रहेका छन् । 
    आयव्ययमा पारदर्शिता बनाउन आगामी साउन १ गतेबाट क्याम्पस परिसरमा बैकको शाखा राख्ने तयारी भैरहेको क्याम्पस प्रमुख हड्खलेले जानकारी दिए ।  बैकको शाखा स्थापनाको लागि व्यास नगरपालिका कार्यालयको रु.तीस लाख आर्थिक सहयोगमा भवन निर्माण गरिसकिएको छ । विद्यार्थीबाट लिइने शुल्क पनि आउँदा दिनमा बैकिङ्ग प्रणालीबाट लिने योजना बनाइएको सो क्याम्पसले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार