Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यासको पशुबधशाला क्षेत्रमा सौन्दर्य जातका बृक्षरोपण 

  • 268
    SHARES
  • 268 Shares
  • जनचाहना न्युज
    तनहुँ ७ असार 
    व्यास नगरपालिका–३ देउराली नगर स्थित पशु बधशाला परिसर क्षेत्रमा मंगलबार सौन्दर्य जातका बृक्षरोपण गरिएको छ । बधशाला क्षेत्रमा सौन्दयता प्रदान गर्ने उद्देश्यले ठूला रुख हुने किसिमको नभई म्याङ्गोस्ट्रिक,गोलमोल,असारे र अन्य सिजनल जातका फुलका बिरुवा रोपिएको हो । व्यासका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बृक्षरोपण गरेर उद्घाटन गरे ।

    उक्त स्थानमा ४२ वटा बिरुवा रोपिएको वडा सदस्य दधिराज घिमिरेले जानकारी दिए । उक्त कार्यक्रममा निर्वाचित जनप्रतिनिधीहरु,देउराली,पुल्चोक,बुद्धपार्क गरी तीन वटै टोल विकास संस्थाका पदाधिकारी,नमस्ते देउराली युवा क्लब,पुलचोक आमा समुहका पदाधिकारीहरुको सक्रियता सहभागिता रहेको व्यास–३ का वडाध्यक्ष अनुप रानाले जानकारी दिए । 
    उक्त बधशालामा सरसफाई र फुलबारी संरक्षणको लागि पुल्चोक टोल विकास संस्थाको सिफारिसमा स्थानीय बिष्णु बिकलाई राखिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।  नगरपालिकाले सधै हेरचाह र सरसफाई गर्न नसक्ने भएकोले स्थानीय एक महिलालाई रोजगारीको साथै उक्त स्थलको संरक्षण हुन सक्ने भएकोले राखिएको उनले बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार