Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

एलायन्स क्लव अफ तनहुँ बर्ष २१र२२को उत्कृष्ट क्लव घोषित, इन्टरनेशनल प्रेसिडेन्ट भि.एम.रावद्वारा प्रमाण पत्र प्रदान

  • 487
    SHARES
  • 487 Shares
  • जनचाहना न्युज
    दमौली १० असार 
    दमौलीमा रहेर सामाजिक सेवामा समर्पित संस्था एलायन्स क्लव अफ तनहुँले एसोसियसन अफ एलायन्स क्लव इन्टरनेशनलका अध्यक्ष भि.एम. राव लगायतका इन्टरनेशनल लिडरहरुलाई दमौलीमा स्वागत् गरी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
    हाल नेपाल भ्रमणमा रहेको अन्तराष्ट्रिय लिडरहरुको टिमले एलायन्स क्लव अफ तनहुँलाई बर्ष २०२१र२२ को उत्कृष्ट क्लव घोषणा गरी बर्ष २०२१र२२ का  अध्यक्ष सुदिप पौडेल, बरिष्ठ उपाध्यक्ष विनय राउत र सचिव अमित कैनिलाई दोसल्ला तथा प्रमाण पत्रले सम्मान गरेको छ । 
    नेपालका लागि बर्ष २०२१र२२ का डिष्ट्रिक गभर्रनर नन्दराज पोखरेलले एलायन्स क्लव अफ तनहुँले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको बताएका छन् । 

    sudip.jpg
    नेपाल भ्रमणमा रहेका इन्टरनेशनल प्रेसिडेन्ट भि।एम। रावले विगत दुई बर्षको अवधिमा नेपालमा थुप्रै एलायन्स क्लवका शाखाहरु विस्तार भएकोमा खुसी व्यक्त गर्दै सामाजिक क्षेत्रमा सक्रिय रही काम गर्न आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै निवर्तमान अन्तराष्ट्रिय अध्यक्ष तिरुपति राजुले एलायन्स क्लव अफ तनहुँलाई आसन्न बंगलादेश भ्रमणको निम्तो समेत दिएका छन् ।
    सोही अवसरमा एलायन्स क्लव अफ तनहुँको बर्ष २०२२र२३ का अध्यक्ष विनय राउतलाई निवर्तमान अध्यक्ष सुदिप पौडेलले क्लवको माइन्यूट लगायत क्लवका महत्त्वपूर्ण सामग्री  हस्तान्तरण गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार