Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सेतीनदीमा पुरुष मृत फेला

  • 398
    SHARES
  • 398 Shares
  • जनचाहना न्युज 
    तनहुँ, ११ असार 
    तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित सेतीनदी खोचमा शनिबार एक युवक मृत फेला परेका छन् । नामथर वतन नखुलेको र  अनुहार चिन्न नसकिने अवस्थामा अन्दाजी ४५ बर्षीय पुरुष मृत फेला परेको हो । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ महरियाघाटमा बायाँ हातमा टाटु हानेको व्यक्ति मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतक पुरुषको शव पोष्टमार्टमको लागि दमौली अस्पतालको शवगृहमा राखि पहिचानको लागि आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार बिकले जानकारी दिए । बर्षायामको समय भएकोले नदी,खोलाले बगाएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार