जनचाहना न्युज
तनहुँ १२ असार
व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयका एक छात्रको निमोनियाका कारण मृत्यु भएपछि विद्यालयले आइतबार शोक बिदा दिएको छ । व्यास–२ घर भएका मन्दिप भूषालको निमोनियाका कारण ग्रसित भई उपचारको क्रममा निधन भएपछि विद्यालयले शोक बिदा दिएको हो । उक्त विद्यालयको कक्षा–३ को परीक्षा दिएर पास भएपछि बिरामीका कारण विद्यालयमा पढ्न आउन नसकेका ११ बर्षीय भूषालको उपचारको क्रममा मृत्यु भएको हो । छात्र भूषालको उपचारको क्रममा शनिबार निधन भएपछि विद्यालयले शोक बिदा दिने निर्णय अनुरुप बिदा दिइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेले जानकारी दिए । विद्यालयले यस अघि पनि शोक बिदा दिदै आएकोले उक्त कार्यलाई निरन्तरता दिइएको उनले बताए । बिरामीका कारण अध्ययनका लागि विद्यालयमा आउन नसकेपनि विद्यालयको आधिकारिक बिद्यार्थी मानेर शोक बिदा दिइएको बिद्यालय प्रशासनले जनाएको छ । विद्यालयले परिवारले निधन भएका विद्यार्थी तथा शोकसन्तप्त परिवारजनमा हार्दिक श्रद्धाञ्जली समेत व्यक्त गरेको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij