Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

रासस अध्यक्ष झाले गरे पदबहाली

  • 326
    SHARES
  • 326 Shares
  • जनचाहना न्युज
    काठमाडौँ ः 
    राष्ट्रिय समाचार समिति ९रासस० का नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आफूले राससमा चुनौतीभन्दा अवसर धेरै देखेको बताएका छन्। आइतबार रासस केन्द्रीय कार्यालयमा पदबहाली गर्दै उनले मुलुक संघीय संरचनामा गइसकेको र सञ्चार क्षेत्रमा आएको आमूल वृद्धि विकासलाई राससले अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए। ुराससमा देशका सक्षम, योग्य र सम्बन्धित विषयका जानकार जनशक्ति हुनुहुन्छ, यस्तो अवस्थामा आगामी दिनमा सकारात्मक परिणाम आउने गरी काम गर्न सकिने विश्वास छ,ु अध्यक्ष झाले बताए। उनले आफू राससमा ठूलो दायित्त्व बोध गरेर आएको उल्लेख गर्दै प्रभावकारी रूपमा काम गर्न समूहगत सहकार्यको खाँचो औंल्याए। राससकर्मीले कुनै पनि काम गर्दा सदैव यो संस्था जनताको करबाट सञ्चालन भएको हो भन्ने हेक्का राख्नुपर्ने उनको भनाइ छ। कार्यक्रममा महाप्रबन्धक सिद्धराज राईले अध्यक्ष झालाई स्वागत गर्दै पत्रकारिता क्षेत्रका अनुभवी र वरिष्ठ पत्रकारलाई राससले नेतृत्वका रूपमा पाएकामा खुसी व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार