जनचाहना न्युज
तनहुँ १३ असार
जिल्लाको भानु नगरपालिका–७ चन्द्रावती बस्ने रचना श्रेष्ठको १ वर्ष ६ महिनाको छोरी काव्या श्रेष्ठको खोलाले बगाएर मृत्यु भएको छ । आइतबार साँझ घरबाट करिब २० मिटर पछाडि रहेको चुँदी खोलाले बगाउँदा बालिकाको मृत्यु भएको हो । खोलाले बगाएको स्थान खोजी गर्दै जाँदा देखि करीब ५०० मिटर तल सोही खोलाको किनारमा बालिकालाई अचेत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार बिकले जानकारी दिए । तत्कालै बालिकाको उपचारको लागि दमौली अस्पताल पठाएकोमा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् । शव पोष्र्टमार्टमको लागि दमौली अस्पतालको शव गृहमा राखिएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij