Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

छोरी घर हिडेका नेपाली १६ दिनदेखि बेखबर,परिवारजन चिन्तित 

  • 241
    SHARES
  • 241 Shares
  • जनचाहना न्युज 
    तनहुँ १३ असार 
    छोरीको घर हिडेका जिल्लाको भानु नगरपालिका–८ देउरालीटार निबासी ७७ बर्षीय दिल बहादुर नेपाली स्रोह दिन देखि सम्पर्क बिहीन रहेका छन् । गत जेठ २८ गते घरबाट हिडेका नेपाली हालसम्म घर नफर्किएपछि परिवारजन चिन्तित भएका छन् । छोरीको घरमा पनि  गएको नभेटिएपछि खोजी कार्यलाई तीब्रता दिइएको स्थानीय रेशम तामाङले जानकारी दिए । आफन्त,इष्टमित्र,सबै ठाउमा खोजी गर्दा पनि भेटाउन नसकेपछि खोजतलासको लागि प्रहरीमा आग्रह गरिएको परिवारजनले बताएका छन् ।  
    लामो समय बितिसक्दा पनि अत्तोपत्तो लाग्न नसकेपछि परिवारजनहरु चिन्तित भएका छन् । हराएका ती व्यक्ति गहुँगोरो वर्णको,कालो टिसर्ट, कालो कट्टु, र ढाकाको टोपी लगाएका छन् । कहिँ कतै देख्नुहुने वा भेट्नु हुने महानुभावले नजिकको प्रहरी कार्यालय वा सम्पर्क नम्बर ९८२६१४५४१८,९८१३५८७९३७ मा खबर गरिदिन पीडित परिवारले अनुरोध गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार