जनचाहना न्युज
तनहुँ १४ असार
अंग्रेजी माध्यमबाट पठनपाठन संञ्चालनको लागि तनहुँका एक बिद्यालयका पूर्व बिद्यार्थीहरुले बिद्यालयलाई आर्थिक सहयोग गरेका छन् । जिल्लाको भानु नगरपालिका– १३ ठुलोढुङ्गा स्थित अरनिको माध्यमिक बिद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्नका लागि पूर्व बिद्यार्थी मञ्चले रु.पचास हजार आर्थिक सहयोग गरेको हुन् ।
बिद्यालयको आर्थिक स्रोतबाट अंग्रजी माध्यमबाट पठनपाठन गर्न नसकेपछि देश बिदेमा रहेका सोही विद्यालयको पूर्व विद्यार्थीहरुले आर्थिक संकलन गरी सहयोग गर्दै आएको हो ।
मञ्चका अध्यक्ष गल गुरुङ्ग र सचिव रामकृष्ण कुँवरले विद्यालयका प्रधानाध्यापक शैलेन्द्र कुमार शाहलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त विद्यालयमा गत बर्षको शैक्षिक सत्रदेखि आधारभुत तहमा अंग्रेजी माध्यममा पठनपाठन संचालन गर्दै आएको पूर्व विद्यार्थी मञ्चका अध्यक्ष गुरुङ्गले जानकारी दिए ।
बार्षिक रुपमा रु.एक लाख बराबरको पाठ्यपुस्तक खरिद गर्नु पर्ने र त्यसको लागि विद्यालयको आर्थिक श्रोतले धान्न नसकेपछि देश बिदेशमा रहनुभएका पूर्व विद्यार्थीहरुको सहयोगबाट पठनपाठन संञ्चालन हुदै आएको छ ।
विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठनको लागि देश,बिदेशमा रहनुभएका व्यक्तिहरुले आर्थिक सहयोग गर्दै आएका छन् ।
आर्थिक सहयोग गर्नेहरुमा राजु अधिकारी हाल अमेरिकाबाट रु.एकाउन्न हजार,अमेरिकाबाट राजु बिक्रम अधिकारबाट रु.पचास हजार,प्रेम गुरुङ अस्ट्रेलियाबाट रु.पच्चीस हजार आर्थिक सहयोग गर्नुभएको छ ।
त्यसैगरी,प्रकाश थापा मकाउबाट रु.दश हजार,रबिन खड्का रु.दश हजार, प्रेम गुरुङबाट रु.पाँच हजार पाँच सय,एक बहादुर गुरुङ हाल दमौलीबाट रु.पाँच हजार पचास, महम्मद तालिम मियाबाट रु.पाँच हजार पाँच,युबराज गुरुङबाट रु.पाँच हजार आर्थिक सहयोग प्राप्त भएको छ ।
गतबर्षको पाठ्यपुस्तक खरिदको लागि रु.साठी हजार र यसबर्ष रु. बर्ष रु.पचास हजार रकम बराबरको चेक विद्यालयका प्रधानाध्यापक शाहलाई हस्तान्तरण गरिएको सचिव कुँवरले जानकारी दिए ।
बिद्यालयको शैक्षिक गुणस्तर माथि उकास्ने उद्देश्यले चलाइएको उक्त अभियानमा पूर्व विद्यार्थीहरुले सहयोग गर्दै आएपनि अन्य सहयोग गर्न चाहने शुभेच्छुकहरुलाई मञ्चले अनुरोध समेत गरेको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij