जनचाहना न्युज
तनहुँ १४ असार
तनहुँका विभिन्न पालिकामा बच्चा सहितको माउ चितुवा देखिन थालेपछि सतर्कता अपनाउन संम्बन्धित निकायले सबैमा आग्रह गरेको छ । जिल्लाका विभिन्न पालिकाहरुमा बच्चा सहितको माउ चितुवा देखिन थालेपछि सजग रहन डिभिजन बन कार्यालय तनहुँले अनुरोध गरेको छ । यतिबेला चितुवाले आफ्ना बच्चा लिएर हिड्ने सिजन भएकोले बच्चालाई आहार खुवाउनको लागि मानिस तथा पशुपंक्षीमा आक्रमण गर्ने संम्भावना हुने भएकोले सजग रहन भनिएको डिभिजन बन कार्यालय तनहुँका प्रमुख कोमलप्रसाद काफ्लेले जानकारी दिए ।
जिल्लाको बन्दिपुर,आँबुखैरेनी र व्यासका केही वडाहरुमा बच्चा सहितको चितुवा भेटिएको भनि स्थानीयले जानकारी गराउन थालेको उनले बताए । साँझ,बिहान हिड्डुल गर्दा,या बिद्यालय, बनजंगलमा जाँदा समुहमा जाने आउने कार्य तर्फ सजग हुन आग्रह गरिएको बताइएको छ । त्यसैगरी जिल्लाको आँबुखैरेनी गाउँपालिका १ का वडाध्यक्ष प्रेमबहादुर गुरुङ्गले मंगलबार एक सूचना जारी गर्दै सुरक्षित रहन वडाबासीलाई आग्रह गरेका छन् । छिमेकी बस्तीमा चितुवा प्रवेश गरी मानिस तथा गाईबस्तुलाई आक्रमण गरी क्षति बनाउन थालेपछि त्यसबाट जोगिन पूर्व सावधानी अपनाउन आग्रह गरेको हो ।
घरको आसपास अँध्यारो नराख्ने झाँडी फडानी गर्ने,साँझ बिहान पख सकेसम्म घरबाट बाहिर नहिड्ने,घरको गोठ वरिपरि उज्यालो बत्ती बाल्ने,बालबच्चाहरुको ध्यान दिने,बिद्यालय जाँदा आउँदा समुहमा जान आउन प्रेरित गर्ने,रेडियो क्यासेटको आवाज निकाल्ने,जंगलमा जाँदा समुहमा जाने आउने गर्न अनुरोध गरेका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij