जनचाहना न्युज
तनहुँ १५ असार
प्रेस चौतारी नेपाल तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ (बिबि) म्याग्दे गाउँपालिका कार्यालयको प्रेस सल्लाहकारमा नियुक्त भएका छन् । म्याग्दे गाउँपालिकाको कार्यपालिकाको हालै बसेको बैठकले श्रेष्ठलाई सल्लाहकारमा नियुक्त गरेको हो । करिब दुई दशक देखि पत्रकारिता क्षेत्रमा लागेका श्रेष्ठ बिचार बिश्लेषणमा खरो रुपमा कलम चलाउने बौद्धिक पत्रकार हुन् ।