Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

लायन्सका नवनिर्वार्चित पदाधिकारीलाई माइन्युट हस्तान्तरण 

  • 198
    SHARES
  • 198 Shares
  • जनचाहना न्युज
    दमौली १७ असार 
    लायन्स क्लब अफ तनहुँ,लियो क्लब अफ तनहुँ र लियो क्लब अफ तनहुँ निर्मल अल्फाको पदस्थापना गरिएको छ ।शुक्रवार दमौलीमा एक कार्यक्रम गरि पदस्थापना गरिएको हो । सन २०२२र२०२३ को लागि लायन्स क्लब अफ तनहुँको अध्यक्षमा नवनिर्वाचित भएका राजु दाहाल र सचिब सुरेश पुरिलाई पुर्व  अध्यक्ष ध्रुव पण्डित र निर्वतमान सचिब सरिता भण्डारीले माइनुट हस्तान्तरण गरिन । त्यस्तै लियो  अफ तनहुँका नब निर्वाचित अध्यक्ष गफ्फार मिया ,सचिब सुस्मिता चौधरीलाई निर्वतमान अध्यक्ष,सचिब  सुनिल मिश्र र  सागर घिमिरे माइनुट हस्तान्तरण गरे । लियो क्लब अफ तनहु निर्मल अल्फाका नब निर्वाचित अध्यक्ष पबिना न्यौपाने र सचिब कृपा  कुमाल लाई निर्वातमान अध्यक्ष कमल श्रेष्ठले माइनुट हस्तान्तरण गरे । कार्यक्रममा लायन्स डिस्ट्रिक ३२५ बि १ का पुर्व गभर्नर एवं लायन्स आशोक कुमार श्रेष्ठले नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार