Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

युवा रेडक्रस सर्कलको अध्यक्षमा तिवारी 

  • 349
    SHARES
  • 349 Shares
  • जनचाहना न्युज
    दमौली १७ असार 
    युवा रेडक्रस सर्कल आदिकबि भानुभक्त क्याम्पसको अध्यक्षमा सुनिता  तिवारी निर्वाचित भएकी छन । शुक्रबार व्यास १ बिज्ञानचौरमा भएको साधारण सभा तथा नवौं अधिवेशनबाट तिवारी अध्यक्षमा निर्वबिरोध रुपमा निर्वाचित भएकी हुन् । त्यस्तै सर्कलको उपाध्यक्षमा उपाध्यक्ष सन्जिव सुनार, सचिव सविन लामिछाने, कोषाध्यक्ष  रोजिना सुनार, सहसचिव सन्देश कोइराला चयन भएका हुन् । त्यस्तै सदस्यमा   मन्जिला थापा, बबिता रानाभाट, सन्तोष विक, कन्चन सोमिया, सन्ध्या लौडारी रहेका छन । अधिवेशनले विभिन्न उपसमिति समेत गठन गरेको छ । देविक प्रकोप तथा प्राथमिक  उपसमिति संयोजकमा सुमन खड्का, युवा परिचालन उपसमिति संयोजक निशा भण्डारी, अर्थ उपसमिति संयोजक कविना गैरे, संस्था समन्वयको उपसमिति संयोजक सुरक्षा अधिकारी चयन भएका छन । कार्यक्रममा बोल्दै नेपाल रेडक्रसका केन्द्रिय सदस्य प्रदिप घिमिरेले मानविय र सामाजिक सेवाका लागि निस्वार्थ रुपले सबै भन्दा अग्रपंक्ति उभिने भावनाको विकास गरेमा समाज समृद्ध हुने बताए । कार्यक्रममा सर्कलका पुर्व अध्यक्ष लगायतलाई सम्मान गरिएको थिए । सर्कलका निर्वतमान अध्यक्ष सन्देश अधिकारीको सभापतित्वमा सप्पन्न उक्त कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हडखले,युवा रेडक्रस सर्कल गण्डकी प्रदेश सयोजक रामदत्त पौडेल लगायतले बोलेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार