Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

दमौलीमा दुई दिने पत्रकारिता तालिम शुरु

  • 307
    SHARES
  • 307 Shares
  • जनचाहना न्युज
    दमौली १७ असार 
    राष्ट्रिय दलित पत्रकार संघ नेपाल तनहुँ शाखाको आयोजनामा दमौलीमा दुई दिने पत्रकारिता तालिम शुरु भएको    छ ।  तनहुँका पत्रकारहरुका लागि डिजिटल मिडिया संञ्चालन सम्बन्धि क्षमता अभिवृद्धि गराउने उद्देश्यले असार १७ र १८ गते तालिमको आयोजना गरेको हो । पत्रकार बसन्त कँडेलले समाचार भनेको के हो,समाचारको महत्व,समाचारको किसिम,मास कम्युनिकेशन,पत्रकारले अपनाउनुपर्ने सावधानी लगायतका बिषय बस्तु माथि प्रशिक्षण दिएका थिए ।  अनलाइन मिडिया सम्बन्धी बिजय कुमालले प्रशिक्षण दिएका थिए । प्रशिक्षक कुमालले डोमिनका किसिम,डोमिन रजिष्टर गर्ने,होस्टिङ्गको महत्व  लगायतका बिषयमा प्रशिक्षण प्रदान गरेको संघका अध्यक्ष सानेबहादुर नेपालीले जानकारी दिए । तालिमको लागि तनहुँका दश वटा स्थानीय पालिकाको आर्थिक सहयोग रहेको छ । तालिममा पच्चीस जना प्रशिक्षार्थीको सहभागिता रहेको संघका सचिव अशोक बिश्वकर्माले बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार