Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

शुक्लागण्डकीका उपप्रमुख बि.क दमौलीमा सम्मानित

  • 422
    SHARES
  • 422 Shares
  • जनचाहना न्युज

    तनहुँ १८ असार 

    राष्ट्रिय दलित पत्रकार संघ तनहुँ शाखाले शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर बिक राजुलाई शनिबार दमौलीमा सम्मान गरेको छ । राष्ट्रिय दलित पत्रकार संघ तनहुँ शाखाले दमौलीमा आयोजना गरेको दुई दिने डिजिटल मिडिया संम्बन्धी तालिमको समापन कार्यक्रममा उपप्रमुख बिकलाई सम्मान गरेको हो । दलित समुदायबाटउपप्रमुख जस्तो गरिमय पदमा निर्वार्चित भएको खुशीयालीमा संघका अध्यक्ष एस.बि.नेपाली,गण्डकी प्रदेश उपाध्यक्ष पूर्ण बिके,सचिव अशोक बिश्वकर्मा लगायतका पदाधिकारीहरुले खाँदा लगाएर कदरपत्रले सम्मान गरेका हुन् । 


    असार १७ र १८ गते दुई दिन दमौलीमा आयोजित डिजिटल संम्बन्धी तालिमको शनिबार उपप्रमुख बिकले समापन गरे । सो अवसरमा बोल्दै उपप्रमुख बिकले सूचना शक्तिशाली अस्त्र भएको उल्लेख गर्दै अब सूचना कसले कब्जा गर्ने भनेर प्रविधिको लडाई भैरहेको उनले बताए । सूचना र संञ्चारलाई प्रभावकारी ढंगबाट संञ्चालन गर्दै प्रविधिमैत्री बनाउनुपर्नेमा उनले जोड दिए । राष्ट्रिय दलित पत्रकार संघ गण्डकी प्रदेशका उपाध्यक्ष पूर्ण बिकेले समयको माग अनुरुप चल्न नसके पत्रकारिता व्यवसाय संकट पर्न सक्ने अवस्था देखिएकोले प्रविधिलाई अबलम्बन गर्दै अघि बढ्नुपर्ने बेला आएको बताए । तालिमका मुख्य प्रशिक्षक न्यू मिडिया टेनरका बिजय कुमालले पत्रकारितालाई पेशाको रुपमा मात्रै नभई व्यवसायीक रुपमा अघि बढाउन आवश्यक रहेको बताए । 

    अर्का प्रशिक्षक पत्रकार बसन्त कँडेलले पत्रकारहरु समय सापेक्ष अनुरुप चल्न सक्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रेस युनियन तनहुँका अध्यक्ष अमर नहर्की,प्रेस चौतरी नेपाल तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ बिबि,नेपाल पत्रकार महासंघ तनहुँ शाखाकी उपाध्यक्ष अस्मिता सुनार,स्वतन्त्र पत्रकार संघ तनहुँका अध्यक्ष सुरेश सुनार लगायतका वक्ताहरुले संञ्चारकर्मीहरु प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम संघका जिल्ला अध्यक्ष एस.बि.नेपालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संञ्चालन सचिव अशोक बिश्वकर्माले गरेका थिए । 

    उपप्रमुख बिक सम्मानित
    त्यसैगरी सो अवसरमा राष्ट्रिय दलित पत्रकार संघ तनहुँले शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुम बहादुर बिक राजुलाई सम्मान गरेको छ । तनहुँका दश पालिका मध्ये शुक्लागण्डकीमा खुम बिक र भानु नगरपालिकामा उमा गोतामे बिजयी भएका थिए । नगरपालिकाको उपप्रमुखमा दलित समुदायबाट निर्वाचित भएको खुशीयालीमा बिकलाई सम्मान गरिएको संघका अध्यक्ष एस.बि.नेपालीले जानकारी दिए । 

    तालिममा सहभागीलाई प्रमाणपत्र 
    त्यसैगरी उक्त तालिमका प्रशिक्षकद्व बिजय कुमाल र बसन्त कँडेललाई कदरपत्र प्रदान गरिएको छ । तालिममा सहभागी २५ जना प्रशिक्षार्थीलाई कार्यक्रमका प्रमुख अतिथी बिकले प्रमाणपत्र प्रदान गरेका थिए । उक्त तालिममा जिल्लाका विभिन्न पालिकाबाट सहभागि भएका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार