जनचाहना न्युज
तनहुँ १८ असार
राष्ट्रिय दलित पत्रकार संघ तनहुँ शाखाको आयोजनामा आयोजित डिजिटल मिडिया संम्बन्धी दुई दिने पत्रकारिता तालिमको शनिबार दमौलीमा समापन भएको छ । समयको माग अनुरुप डिजिटल प्रविधिमा पत्रकारलाई दक्ष बनाउने उद्देश्यले उक्त तालिमको आयोजना गरेको हो । तालिममा जिल्लाका विभिन्न पालिकाबाट पत्रकारहरु सहभागि भएका थिए । तालिमका मुख्य प्रशिक्षक न्यू मिडिया टेनरका बिजय कुमालले डिजिटल संम्बन्धि प्रशिक्षण गराएका थिए । प्रशिक्षक कुमालले डोमिनका प्रकार,होस्टिङ्ग,फेसबुक क्रेट,वर्डप्रेस,विज्ञापनका डिजायन लगायतका बिषयमा प्रशिक्षण प्रदान गरेका थिए । त्यसैगरी अर्का पत्रकार बसन्त कँडेलले समाचारको परिभाषा,समाचारको किसिम,पत्रकारिताको आचारसंहिता,पत्रकारले अपनाउनुपर्ने संमयता लगायतका बिषयमा प्रशिक्षण प्रदान गरेका थिए । दुई दिने डिजिट मिडिया सम्बन्धी तालिमको शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुम बहादुर बि.क. राजुले एक कार्यक्रमका बीच समापन गरेका थिए । सो अवसरमा बोल्दै उपप्रमुख बिकले सूचना शक्तिशाली अस्त्र भएको उल्लेख गर्दै अब सूचना कसले कब्जा गर्ने भनेर प्रविधिको लडाई भैरहेको उनले बताए । सूचना र संञ्चारलाई प्रभावकारी ढंगबाट संञ्चालन गर्दै प्रविधिमैत्री बनाउनुपर्नेमा उनले जोड दिए । राष्ट्रिय दलित पत्रकार संघ गण्डकी प्रदेशका उपाध्यक्ष पूर्ण बिकेले समयको माग अनुरुप चल्न नसके पत्रकारिता व्यवसाय संकट पर्न सक्ने अवस्था देखिएकोले प्रविधिलाई अबलम्बन गर्दै अघि बढ्नुपर्ने बेला आएको बताए । तालिमका मुख्य प्रशिक्षक न्यू मिडिया टेनरका बिजय कुमालले पत्रकारितालाई पेशाको रुपमा मात्रै नभई व्यवसायीक रुपमा अघि बढाउन आवश्यक रहेको बताए ।
अर्का प्रशिक्षक पत्रकार बसन्त कँडेलले पत्रकारहरु समय सापेक्ष अनुरुप चल्न र दक्ष बन्न सक्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रेस युनियन तनहुँका अध्यक्ष अमर नहर्की,प्रेस चौतरी नेपाल तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ बिबि,नेपाल पत्रकार महासंघ तनहुँ शाखाकी उपाध्यक्ष अस्मिता सुनार,स्वतन्त्र पत्रकार संघ तनहुँका अध्यक्ष सुरेश सुनार लगायतका वक्ताहरुले संञ्चारकर्मीहरु प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम संघका जिल्ला अध्यक्ष एस।बि।नेपालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संञ्चालन सचिव अशोक बिश्वकर्माले गरेका थिए ।
तालिममा सहभागीलाई प्रमाणपत्र
त्यसैगरी उक्त तालिमका प्रशिक्षकद्व बिजय कुमाल र बसन्त कँडेललाई कदरपत्र प्रदान गरिएको छ । तालिममा सहभागी २५ जना प्रशिक्षार्थीलाई कार्यक्रमका प्रमुख अतिथी बिकले प्रमाणपत्र प्रदान गरेका थिए । जिल्लाका विभिन्न पालिकाबाट दलित,आदिवासी जनजाति,अन्य समुदायबाट तालिममा सहभागि भएका थिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij