जनचाहना न्युज
तनहुँ १९ असार
जिल्लाको भानु नगरपालिका ५ मैबल निवासी चार सन्तानकी आमा एब एकल महिला सूचना बिष्टको घरमा हातमुख जोर्न समस्या भएको जानकारी पाएपछि लायन्स क्लबले खाद्यान्न सहयोग गरेको छ । लायन्सका पुर्ब गभर्नर अशोक कुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले आइतबार बिष्टको परिवारलाई खाद्यान्न बितरण गरेको हो । जीवनयापनमा सास्ती भएको सूचना पाउने बित्तिकै लायन्सको टोली खाद्यान्न सहित सूचनाको घरमा पुगेर खाद्यान्न सहयोग गरेको लायन्स क्लब अफ तनहुँका अध्यक्ष राजु दाहालले जानकारी दिए ।

लायन्स क्लब अफ तनहुँले सामाजिक क्षेत्रमा अतुलनीय कार्य गर्दै आएको छ । चाहे बिपद्को समयमा होस् या भान्साका चुल्हो आगो नबलेको अवस्थामा होस् । दिनदुखीको घाउमा मलम लगाउन पुगिहाल्छ लायन्स क्लब परिवार । कोरोनाले आक्रन्त बनेको अवस्थामा पनि साहरा बिहिन हुन या दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जनका लागि बिहान बेलुकाको हात मुख जोर्न समस्यामा परेका परिवारलाई किन नहोस् खाना खुवाएर समाजमा उदाहरणीय कार्य गर्दै आएको छ ।
कार्यक्रममा लायन्स क्लब अफ तनहुँ सत्यवतीकी अध्यक्ष जमुना श्रेष्ठको संयोजनमा गएको टोलीमा रिजनल चियर पर्सन राजकुमार श्रेष्ठ राकु,जोन चियर पर्सन कृष्णहरि गैरे ,लायन्स बिमला श्रेष्ठ , गीता श्रेष्ठ , कल्पना भट्टराई , राधिका परियार लगायतको उपस्थिति खाद्यन्न सहयोग गरिएको लायन्स क्लब अफ तनहुँका अध्यक्ष दाहालले जनाकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij