जनचाहना न्युज
तनहुँ १९ असार
जिल्लाको बन्दिपुर गाउँपालिकाका राजन श्रेष्ठ लागूऔषध ६ किलोग्राम गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । बन्दिपुर गाउँपालिका–२ गैह्रागाउँ निवासी राजन श्रेष्ठ आफ्नै घरबाट पक्राउ परेका हुन् । निजले घरको कोठामा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणमा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
लुकाई छिपाई राखी कारोबार गर्ने गरेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बन्दिपुर तनहुँबाट खटिएको प्रहरी टोलीले निजको घरकोठा खानतलासी लिदाँ उक्त गाँजा बरामद गरेको हो । तनहुँ जिल्ला अदालतबाट बाह्र दिनको म्याद थप गरी आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij