Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यासमा चौविसै घण्टा कलसेन्टर स्थापना गरिदै 

  • 255
    SHARES
  • 255 Shares
  • जनचाहना न्युज 
    तनहुँ २२ असार 
    जिल्लाको व्यास नगरपालिका कार्यालयले चौविसै घण्टा खुल्ला रहने गरी कलसेन्टरको व्यवस्था गर्न लागेको छ । नगरवासीका समस्या तथा गुनासा सुन्नको लागि प्राथामिकतामा राखी सहज रुपमा सेवा उपलव्ध गराउने उद्देश्यले कलसेन्टर स्थापना गर्ने गरी नीति पारित गरेको हो । नगरपालिकाले सेवा सुविधा र जानकारीमूलक सूचनाहरु मोवाइल एप मार्फत घर घरमा पु¥याउने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।  
    संघीय सरकारको सहयोगमा नगरपालिका  भित्रका वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक माध्यमिक विद्मालयहरुमा निशुल्क इन्टरनेट सेवा प्रदान  गर्न आवश्यक व्यवस्था मिलाइने योजना रहेको छ । 
    साथै प्रदेश सरकारको सहकार्यमा नवप्रवर्तनीय साझेदारी कार्यक्रम अन्तर्गत एकीकृत डिजिटल कार्यक्रम कार्यन्वयनमा ल्याउने व्यवस्था मिलाइने उनले बताए ।  
    आम संचार सेवाको गुणस्तरीय र सर्वसुलभ पहुँचको लागी स्थानीय सञ्चार ऐन परिमार्जन गरिने छ भने कानून बमोजीम एफ.एम.रेडियो सञ्चालन अनुमति, नवीकरण, नियमन र खारेजीको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ ।
    नगरपालिकाले गुणस्तरीय बनाउन र छिटो छरितो रुपमा सेवा प्रवाह गर्न नगरपालिकाको सबै वडाहरुलाई प्रविधिमैत्री गराउँदै नियमित  सेवालाई अझ प्रभावकारी, भरपर्दो एवं विश्वसनिय बनाइने छ  ।
    स्थानीय  स्तरमा प्रकाशन  हुने पत्रपत्रिका,एफ.एम. रेडियो र टेलिभिजनहरुसँग नगरपालिकाको गतिविधी झल्कने गरी कार्यक्रम निर्माण, प्रकाशन र प्रशारण गरी नगरपालिकाको गतिविधी नगरवासीसम्म पु¥याउने गरी कार्यक्रम सञ्चालन गरिने छ । 
    नगरपालिकाको आर्थिक तथा पूर्वाधार विकास सम्बन्धी विषयका समाचार सङ्कलन, रिपोटिङ्ग सम्बन्धी विशिष्ट तालिम सञ्चालन गरी सहयोग पु¥याइने लक्ष्य लिएको छ । 
    हरेक वर्ष नगरपालिकाको समाचार प्रकाशनमा विशेष योगदान दिने एक जना पत्रकारलाई पुरस्कृत गर्दै लैजाने नीति रहेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।  नगरपालिका अन्तर्गत अपाङ्गतामैत्री, बालमैत्री र लैङ्गिकमैत्री सञ्चार अभियानलाई थप प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ । 
    व्यास नगरपालिकाले ऐतिहासिक, पुरातात्विक, सामजिक , भौगोलिक, पर्यटकीय एवं धार्मिक महत्व बोकेका स्थानहरुको डिजिटलाइज गर्न व्यवस्था मिलाइने उनले बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार