जनचाहना न्युज
तनहुँ २२ असार
व्यास नगरपालिकाको बुधबार नियमित बैठक बसेको छ । व्यासका नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । उक्त बैठकले असार ८ गते भएको कार्यपालिका बैठकका निर्णयहरुको समिक्षा गरेको छ । व्यास नगरपालिका भित्र हालै आएको बाढी पहिरोबाट भएको क्षति र तत्काल सम्बोधन गर्नुपर्ने वडागत विवरणको समिक्षा गरेको छ । साथै वर्षाद्को यस समयमा सतर्क रहन र कुनै विपदजन्य समस्या भएमा ०६५५६००३४ मा तत्काल सूचना दिन समेत नगरवांसीमा अनुरोध गर्ने निर्णय गरेको छ । व्यास नगर सभामा प्रस्तुत वजेट कार्यक्रममा आएका औपचारिक अनौपचारिक सुझाबहरुका सम्बन्धमा समिक्षा गरि आगामि नगर सभामा संशोधन प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । व्यास नगरपालिका अन्तरगतका वडा विपद समिति र वडा स्वास्थ्य समितिको कार्यविधि अनुसार सम्बन्धित वडाध्यक्षको अध्यक्षतामा पुनर्गठन गर्ने निर्णय गरेको व्यासका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij