जनचाहना न्युज
तनहुँ २३ असार
शुक्लागण्डकी नगरपालिका कार्यालयले ज्येष्ठ नागरिकको ज्ञान,सीप र अनुभव युवापुस्तामा हस्तान्तरण गर्ने कार्यलाई प्राथामिकतामा राखेको छ ।
नगरपालिकाले ज्येष्ठ नागरिकमा भएका ज्ञान,सीप र अनुभवलाई युवा समक्ष पुराएर भाषा,कला संस्कृतिको संरक्षण गर्न लागेको हो ।
लक्षितवर्ग समक्ष कार्यक्रम पुग्न नसकेकोले आउँदा दिनमा त्यस्ता कार्यलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।
दलित संम्बन्धिका कार्यक्रममा सजातिय भेला गराएर सचेतना कार्यक्रम प्रदान गर्ने योजना बनाइएको नगरपालिकाका उपप्रमुख खुम बहादुर बिकले जानकारी दिए ।
हिसाँ पीडित महिला र पुरुषलाई एकै ठाँउ राखेर सचेतनामूलक कार्यक्रम प्रदान गर्ने लक्ष्य पनि नगरपालिका कार्यालयले लिएको छ ।
बालबालिका नबिग्रिउन भन्ने उद्देश्यका साथ शुक्लागण्डकीमा स्माट टकिङ्गको व्यवस्था गर्न लागेको उपप्रमुख बिकले बताए ।
युवासंग उपमेयर कार्यक्रम अन्र्तगत युवाहरुलाई ज्ञान सीप प्रदान गरेर स्वरोजगार बनाउने लक्ष्य पनि नगरपालिकाले लिएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij