Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँमा पटके जुवाडे रु.पचास हजार धरौटीमा छुटे

  • 344
    SHARES
  • 344 Shares
  • जनचाहना न्युज 
    तनहुँ २३ असार 
    जिल्लाको आँबुखैरेनीमा अबैध रुपमा जुवातास खेलेका तेह्र जुवाडे बिहीबार रिहा भएका छन् । पक्राउ परेका जुवाडे मध्ये ६ जना दोस्रो पटक पटकेमा र ७ जना पहिलो पटक पक्राउ परेका   हुन् । पटकेमा पक्राउ परेकाले जनही रु.पचास हजारका दरले र पहिलो पटक पक्राउ परेकाले जनही रु.पन्ध्र हजारका दरले धरौटी बुझाएर रिहा भएका हुन् । 
    जिल्ला प्रशासन कार्यालयमा उक्त धरौटी रकम बुझाएर उनीहरु रिहा भएको प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालले जानकारी दिए । 
    पटके जुवाडेलाई हदैसम्मको धरौटी माग गरिएको उनले  बताए । जिल्लामै यति धेरै धरौटी माग गरिएको यो नै पहिलो घट्ना हुन सक्ने प्रजिअ अर्यालले बताए । 
    पक्राउ परेका जुवाडेहरुलाई हिरासत राख्दा साँघुरो ठाउँ भएकोले कतिपयमा सुगर,प्रेसरका बिरामीलाई समस्या आएपछि अन्यत्रै सुरक्षित कोठामा राख्नुपरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक निरज डाँगीले जानकारी दिए । हिरासतको भाग साँघुरो रहेको र धेरै मानिस राख्दा कठिनाई आएपछि अनुसन्धान कार्यलाई तीब्र रुपमा अघि बढाइएको उनले बताए । 
    जुवाडेहरुको अनुसन्धान कार्य छिटो र सजिलो हुने भएकोले छोटो अवधिमा उनीहरु रिहाई हुन पाएको उनले जानकारी  दिए । 
    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरिक्षक राजकुमार वि.क.को नेतृत्वमा गएको टोलीले मंगलबार छापा मार्दा जुवाडे सहित नगद बरामद भएको थियो । जुवाखालबाट प्रहरीले रु.एक लाख ८० हजार ४ सय ३० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।   
    उक्त जुवातास प्रकरणमा प्रकाउ पर्नेमा गोरखा अजिरकोटका ४५ बर्षिय धनबहादुर गुरुङ, गोरखा नगरपालिका– ६ बस्ने ४२ बर्षिय शंकरबाबु श्रेष्ठ, व्यास नगरपालिका– ११ बस्ने विष्णु तामाङ, भरतपुर महानगरपालिका–१२ बस्ने ४३ बर्षिय शालिकराम रेग्मी, नवलपुर गैडाकोट नगरपालिका– १ बस्ने ४३ बर्षिय विष्णुप्रसाद अधिकारी, भरतपुर महानगरपालिका– ११ बस्ने ३९ बर्षिय प्रेमबहादुर बोहोरा रहेका छन् ।
    त्यस्तै गोरखा नगरपालिका–१० बस्ने ४० बर्षिय विष्णुराज पन्थ,अजिरकोट–४ बस्ने ३२ बर्षीय निरबहादुर गुरुङ, आँबुखैरेनी– ३ बस्ने ३२ का काजी गुरुङ, बन्दीपुर– ७ बस्ने ५२ बर्षीय किरणकुमार श्रेष्ठ, पर्सा धोबनी–२ घर भई हाल आँबुखैरेनी– ३ बस्ने ४५ बर्षीय ललन सहनी र व्यास– १२ बस्ने ४२ बर्षीय दुर्गाबहादुर थापा रहेका छन् । 
    आँबुखैरेनीमा अवैध रुपमा जुवातास खेलाएको सूचना पाए लगत्तै जिल्लाबाट टोली खटाएर पक्राउ गरिएको प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मी बताए । उक्त किसिमका गतिविधि जुनसुकै स्थानमा भएपनि प्रहरीले नछाड्ने उनले  बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार