Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

साउन देखि ‘व्यास समता’ विद्यालय संञ्चालन हुदै  

  • 422
    SHARES
  • 422 Shares
  • जनचाहना न्युज
    तनहुँ २४ असार
    जिल्लाको व्यास नगरपालिका कार्यालयले ‘व्यास नगर समता’ आवसीय विद्यालय यही आउँदो श्रावण महिना देखि संञ्चालनमा ल्याउने तयारी गरेको छ । व्यास नगरपालिका भित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाई परेका अनाथ, असहाय,विपन्न, शहीद,बेपत्ता,कोरोनाबाट मृत्यु भएका घर परिवारका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय संञ्चालन गर्न लागेको हो । 
    उक्त प्रकृतिका विद्यार्थीहरुका लागि नगरपालिकाले निशुल्क शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको व्यासका प्रविधि सूचना अधिकृत बिशाल पण्डितले जानकारी दिए । 
    विद्यालय संञ्चालनको लागि आवश्यक पर्ने कर्मचारी पदपूर्तिको लागि विज्ञापन गरी आवश्यकता माग गरिसकेको नगरपालिका कार्यालयले जनाएको छ ।
    विद्यालयमा खाना पकाउने भान्से,शिक्षिका र सुरक्षाकर्मी लगायतका जनशक्ति माग गरिएको व्यासका सूचना अधिकारी एवं आलेप नोडल अधिकृत कुमार कञ्चन जिसीले जानकारी  दिए । 
    व्यास नगरपालिका–७ शेशमटारमा रहेको क्यामिन कोट प्राथामिक विद्यालयमा ‘व्यास  नगर समता’ विद्यालय २०७९ सञ्चालन ल्याउन लागेको हो । उनले भने ‘विद्यालय संञ्चालनको लागि प्रक्रिया अघि बढाईसकिएको अवस्था छ ।’ 
    व्यास नगरपालिकालाई शैक्षिक हवका रुपमा विकास गर्नका लागि नगर शिक्षा योजना निर्माण गरी नगरपालिकामा रहेका क्याम्पस र विद्यालय स्तरका शिक्षालाई थप गुणस्तरीय र विश्वसनीय बनाइने छ ।
    नगरपालिकामा रहेको एक मात्र सामुदायिक क्याम्पस आदिकवि भानुभक्त क्याम्पसलाई मानक विश्व विद्यालय निर्माण गर्न, विज्ञान तथा प्रविधिको पढाई सञ्चालन गर्न अध्ययन गरी पूर्वाधार व्यवस्थापनमा सहयोग गर्ने योजना रहेको छ ।
    व्यास नगरपालिका  भित्रका प्रा.वि, आधारभूत र  माध्यमिक विद्मालयहरुमा प्रविधिमैत्री शैक्षिक वातावरण निर्माण गरिने छ  । व्यास नगरपालिका वडा नं १३ र १४ का सामुदायिक विद्यालयहरुमा बालग्रामसँग सहकार्य गरी विद्यालय सुधारका योजना कार्यान्वयन गर्ने लक्ष्य रहेको छ । 
    नमूना विद्मालयको रुपमा छनौट भएका यस नगरपालिकाका निर्मल र सत्यवती माध्यमिक विद्मालयहरुको पूर्वाधार विकासका लागि सहजीकरण गरिने उनले बताए ।  
    विगतका अवधिमा सामुदायिक  विद्यालयहरुलाई पेश्की स्वरुप उपलब्ध गराइएको अनुदान  रकमको अन्तिम  कार्य सम्पन्न मूल्यांकनको आधारमा खर्चको औचित्य हेरी फछ्र्यौट प्रकृयामा सहजीकरण गरी शैक्षिक बेरुजु मुक्त गर्न आवश्यक कदम चाल्ने नगरपालिकाको लक्ष्य रहेको छ ।
    कक्षा ६ सम्म सामुदायिक विद्यालयमा पढ्ने प्रारम्भिक बाल विकास केन्द्रका विद्यार्थीहरुलाई संघीय सरकारको सहभागीतामा दिवा खाजाको प्रबन्धलाई प्रभावकारी रुपमा निरन्तरतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।  
    नगरपालिका  भित्रका धार्मिक विद्यालयहरु, मातृ भाषामा  शिक्षा प्रदान गर्ने विद्यालयहरु तथा सामुदायिक सिकाई केन्द्रहरु सञ्चालनार्थ प्रोत्साहन गर्ने नीति रहेको छ । 
    व्यास नगरपालिका भित्र रहेका विद्यालयहरुमा स्थानीय पाठ्यक्रम र वेदव्यास सम्बन्धि अतिरिक्त पाठ्यक्रम अध्यापन गराउने व्यवस्था मिलाइएको व्यास नगरपालिका कार्यालयले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार