Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

 देवघाटका पचहत्तर जनालाई निस्सा बितरण

  • 259
    SHARES
  • 259 Shares
  • जनचाहना न्युज 
    तनहुँ २४ असार 
    जिल्लाको देवघाट गाउँपालिका वडा नं ५ का ७५ जना भूमिहीन,दलित र सुकुम्वासीलाई बिहीबार निस्सा बितरण गरिएको  छ । 
    राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारी,आयोगका बिज्ञ सदस्य श्रीराम कार्की,गाउँपालिका उपाध्यक्ष भुवसिं गुरुङ्ग लगायतकाले उनीहरुलाई निस्सा बितरण गरेको हो । 
    निस्सा हातमा परेपछि उनीहरुको मुहारमा खुशी छाएको आयोगका जिल्ला बिज्ञ सदस्य कार्कीले जानकारी दिए ।  
    निस्सा बितरण पश्चात अमिन गएर जग्गा नापजाँच गर्नका लागि प्रक्रिया अघि बढेको उनले बताए । 
    अमिनले जग्गा कित्ताकाट गरेपछि आयोगको बैठक बसि आवश्यक छानबिन गरेर मात्रै लालपूर्जा बितरण गरिने आयोगका अध्यक्ष अधिकारीले बताए ।  
    आयोगको पहलमा यसअघि आँबुखैरेनी गाउँपालिका वडा नं २ का करिब एक सय घरधुरीका बासिन्दालाई निस्सा बितरण गरिसकेको  छ । 
    त्यसैगरी शुक्लागण्डकी नगरपालिकाका कतिपय स्थानमा निस्सा बितरण गरी अमिनबाट जग्गा नापजाँचको प्रक्रिया अघि बढाइएको आयोगका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए । 
    व्यास नगरपालिका क्षेत्रमा भूमिहीन,दलित,सुकुम्बासी र अव्यवस्थित व्यक्तिहरुलाई निस्सा बितरण कार्यमा ढिलाई हुन गएकोले नगरपालिकाले चासो दिनुपर्ने देखिएको आयोगले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार