गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बिहीबार व्यासनगरपालिका–१ माइलीडाँडा निवासी स्व.दमयन्ती दाहालको पाँचौं पुण्यतिथीमा श्रद्धाञ्जली दिन घरमा पुग्नुभएको छ ।
व्यासनगरपालिका–१ निवासी नेपाली काँग्रेस व्यासनगर कमिटीका सचिव,व्यास–१ का वडासदस्य एवं व्यासनगर वडासदस्य मञ्च अध्यक्ष चुडामणी दाहाल तथा दाजु टुकराज दाहालको स्व.आमा दमयन्तीलाई श्रद्धाञ्जली दिन घरमा पुग्नुभएको हो ।
दम,निमोनिया मुटुको रोगबाट करिब एक महिना बिरामी पर्नुभएकी दाहालको ८१ बर्षीय उमेरमा गत साउन ३१ गते निधन भएको हो ।
उक्त कार्यक्रममा गण्डकी प्रदेशका मन्त्री प्रदेश साँसदद्वय दोवाटे बिश्वकर्मा,सरीता गुरुङ,जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले,उपप्रमुख पवित्रा पौडेल,व्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने,नेकाँ कार्यबाहक सभापति जितप्रकाश आले,सचिव बिश्व बास्तोला लगायतको सहभागिता रहेको छ ।
जिल्ला समन्वय समिति तनहुँले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा सहभागि हुन आउनुभएका मुख्यमन्त्री पोखरेलले कर्मचारीलाई सुशासन कायम गर्न निर्देशन दिनुभएको थियो ।
त्यसैगरी मुख्यमन्त्री पोखरेलले केही समय अघि आएको बाढीले व्यासनगरपालिका–१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएपछि त्यसको अवलोकन गर्नुका साथै नेकाँ पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट गरेर पोखरा फर्कनुभएको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij