जनचाहना न्युज
तनहुँ २४ असार
जिल्लाको ऋषिङ गाउँपालिका कार्यालयले गाउँपालिका भित्र रहेका उत्कृष्ट बुहारी तथा एकल पुरुषलाई शुक्रबार सम्मान गरेको छ । गाउँपालिकाको १२ औ गाउँ सभा तथा बजेट सार्वजनिक समारोहको अवसरमा उनीहरुलाई सम्मान गरेको हो । सो अवसरमा निवर्तमान जनप्रतिनिधी,बधाई तथा सम्मान कार्यक्रम गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ,उपाध्यक्ष गिनुमाया थापा,प्रमुख प्रशासकीय अधिकृत टिका गोदार लगायतका व्यक्तिहरुले विविध विधाका व्यक्तिहरुलाई सम्मान गरेको हो । सो वसरमा १६ जना उत्कृष्ट बुहारी,३२ जना एकल पुरुषलाई रु.चार हजारका दरले नगद सहित सम्मान गरेको हो । त्यसैगरी, ६४ जना जेष्ठ नागरिकलाई ब्ल्याकेट प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता बिजय दरैले जानकारी दिए । साथै बाल परिषद् गण्डकी प्रदेशका कोषाध्यक्ष बिबेक श्रेष्ठसम्मान गरिएको छ । श्रेष्ठ सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत रहेको बताइएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij