Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यासका नगरप्रमुख न्यौपानेको संयोजकत्वमा आदिकविमा अध्ययन समिति गठन  

  • 648
    SHARES
  • 648 Shares
  • जनचाहना न्युज
    दमौली २४ असार 
    व्यास नगरपालिका–१ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसमा प्राविधिक बिषय संञ्चालन गर्नका लागि अध्ययन समिति गठन गरेको छ । व्यास नगरपालिकाको शुक्रबार आयोजित ३७ औं नगरसभाले आदिकवि भानुभक्त क्याम्पसमा प्राविधक बिषय संञ्चालन गर्नको लागि उक्त समिति गठन गरेको हो । विज्ञान तथा प्रविधि र इञ्जिनियरिङ जस्ता प्राविधिक विषय सञ्चालनार्थ व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको  छ । अध्ययन समितिको सदस्यमा व्यास–१ वडाध्यक्ष,आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समिति अध्यक्ष वा प्रतिनिधि, विज्ञ– विज्ञान तथा प्राविधि र सदस्य सचिव क्याम्पस प्रमुख रहने गरी समिति गठन गरेको हो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार