Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

झण्डै चार घण्टा पछि अवरुद्व राजमार्ग खुल्यो 

  • 287
    SHARES
  • 287 Shares
  • जनचाहना न्युज 
    तनहुँ २५ असार ः                                                                 फोटो सौजन्य ः रबिन्द्रलाल मूल 
    झण्डै चार घण्टा पछि अवरुद्द पृथ्वीराजमार्ग सडक खण्ड खुलेको छ । तनहुँको म्याग्दे गाउँपालिका– ६ तुरतुरेमा शनिबार बिहान पहिरा खस्दा अबरुद्व भएको राजमार्ग करिब चार घण्टा पछि खुलेको हो । 
    बिहान करिब ४ बजेदेखि पहिराका कारण अबरुद्व भएको राजमार्ग पहिरा पन्छाएपछि सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।  
    पहिराका कारण पूर्ण रुपमा अवरुद्व राजमार्ग डोजरका सहायताले पहिरा पन्छाएपछि सुचारु भएको हो । 
    चार वटा डोजर लगाएर पहिरा पन्छाए पछि अहिले निर्वाध रुपमा दुईतर्फी सवारीसाधान संञ्चालनमा आएको उनले  बताए । पृथ्वीराजमार्ग सडक खण्ड अन्र्तगत तनहुँ जिल्लाको अन्य भागमा सडक अवरुद्व नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार