Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यासमा उच्च शिक्षा पढ्दै, ६ महिना स्वयसेवक शिक्षक 

  • 328
    SHARES
  • 328 Shares
  • जनचाहना न्युज 
    तनहुँ २५ असार 
    व्यास नगरपालिका कार्यालयले व्यासमा स्थायी बसोबास गरी उच्च शिक्षा हासिल गर्दै आएका विद्यार्थीले न्यूनतम ६ महिना स्वय सेवक शिक्षक बन्नु पर्ने भएको छ । व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।  
    स्वय सेवक शिक्षकको लागि सम्बन्धित क्याम्पसहरुसंग सहकार्य गरी अघि बढ्ने निर्णय गरेको छ । 
    व्यास नगरपालिका–४ मा रहेको कालिका शहिद जंगल पार्क सञ्चालन तथा व्यवस्थापन गर्न सरोकारवाला संग परामर्श गरी आवश्यक निर्णय लिन नगर कार्यपालिकालाई जिम्मा दिने निर्णय गरेको छ । 
    व्यास नगरपालिकाको वडा नं ६,७,८,९ मा सञ्चालित सामुदायीक विद्युतिकरणबाट सेवा प्रवाहमा ज्यादै गुनासो आएकाले सम्बन्धित वडाहरुको समेत अनुरोधमासामुदायिक विद्युतिकरणलाई हटाई विद्युत प्राधिकरण मातहतनै सेवा प्रवाह गर्न सम्बन्धित निकायमा प्रकृया अघि बढाउने निर्णय गरेको   छ । 
    जिल्ला समन्वय समिति, तनहुँको नाउँमा रहेको व्यास नगरपालिकाको हालको पुराना भवनहरुको उत्तर तर्फ केहि जग्गाले नगरपालिकाको पृथ्वी राजमार्ग तर्फ मोहोडाले छेकेको छ । 
    उक्त जग्गा समेतमा नयाँ बहुउदेश्यीय भवन निर्माण गर्न जिल्ला सभासंग सहमति गर्न नगर कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको व्यासका सूचना प्रविधि अधिकृत बिशाल पण्डितले जानकारी दिए ।   
    व्यास नगरपालिका भित्र सञ्चालित लिफ्टिङ खानेपानी र दुग्ध उद्योगहरुमा खपत हुने विद्युत महसुलमा छुट तथा राहत दिन संघ तथा प्रदेश सरकार संग माग गर्ने र व्यास नगरपालिका समेतले विद्युत महसुलमा सहभागिता  रहने निर्णय गरेको छ । 
    यस नगरपालिका भित्र तथ्याङ्क संकलन भईरहेका भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुलाई क्रमसः निस्सा वितरण गर्ने योजना बनाएको छ । 
    त्यसैगरी जग्गा दर्ता सिफारिस प्रकृया अघि बढाउन नगर कार्यपालिकालाई निर्देशन दिने निर्णय गरेको छ । व्यास नगरपालिका–ं ५ चिन्तुटार क्षेत्रमा औधोगिक ग्राम स्थापना गर्न नेपाल सरकार, उद्योग मन्त्रालयमा सिफारिस गरि पठाउने निर्णय गरेको छ । 
    व्यास नगरपालिका भित्र विद्युत, टि.भि, टेलिफोन र इन्टरनेट व्यवसायीहरुले आफुखुसी तार विस्तार गर्ने कार्यलाई निरुत्साहित गर्ने भएको छ । 
    नगर भित्र समय समयमा आगलागिका घटनाहरु भई बजारको स्वरुप समेत कुरुप देखिएकाले सम्बन्धित सरोकारवाला संग परामर्श गरि तार व्यवस्थित गर्ने गराउने बिषयमा निर्णय गरेको प्रविधि अधिकृत पण्डितले बताए ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार