जनचाहना न्युज
तनहुँ २६ असार
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) कास्की अन्र्तगत तनहुँको जामुने देखि कोत्रेसम्म विभिन्न किसिमका १३८ वटा संंरचनाहरु हटाइने छ ।
उक्त संरचनाको कूल प्रतिस्थापन तथा क्षतिपूर्तिको लागि रु. रु.दुई करोड पैतालिस लाख उनन्चालीस हजार छ सय तेत्तीस क्षतिपूर्ति रकम स्वीकृत गरेको छ ।
सडक बिस्तार गर्ने कार्यमा सडक मापदण्ड भित्र निर्माण गरेका उक्त संरचनाहरु भत्किने मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) का योजना प्रमुख अमित कुमार श्रेष्ठले जानकारी दिए ।
एसियाली बिकास बैकको सेफगाड पोलिसी स्टेटमेन्ट अनुसार योजनाबाट प्रभावित केही व्यक्तिहरुलाई प्रतिस्थापन तथा क्षतिपूर्ति रकम प्रदानको लागि बजेट स्वीकृत गरेको हो ।
जिल्लाको म्याग्दे गाउँपालिका स्थित जामुने बेलचौतरा देखि कोत्रेसम्म (खैरेनीटार बजार बाहेक) का घर,टहरा,पर्खाल लगाएतका संरचनाहरु भत्काइनेछ ।
पृथ्वीराजमार्ग अन्र्तगत योजनाले स्तरोन्नती गर्ने सडक जामुने देखि कोत्रेसम्मको मापदण्ड २५÷२५ मिटर दायाँ बायाँको क्षेत्र भित्र निर्माण गरिएका व्यक्तिगत तथा सार्वजनिक संरचनाहरु हटाइने उनले बताए ।
आयोजनाबाट प्रभावितहरुलाई क्षतिपूर्ति रकम दिएर मात्र हटाउनुपर्ने व्यवस्था भएकोले त्यस्ता संरचना एकिन गरी प्रतिवेदन पेश गर्न तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।
क्षतिपूर्ति रकम भुक्तानी दिदाँ पहिलो किस्ता बापत ५० प्रतिशत संम्बन्धित व्यक्तिको बैक खातामा जम्मा गरिदिने व्यवस्था रहेको छ ।
दोस्रो किस्तामा घर टहरा स्वयंले हटाइसकेपछि मात्रै वडा कार्यालयको सिफारिसको आधारमा संम्बन्धित व्यक्तिको बैक खातामा रकम जम्मा गरिदिने सो योजनाले जनाएको छ ।
यदि रु.एक लाख वा सो भन्दा कम भएमा एकमुष्ठ भुक्तानी दिने व्यवस्था मिलाइएको योजन प्रमुख श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित पक्षबाट निर्धारित मितिसम्म पनि हटाउनुपर्ने घर÷टहरा नहटाएमा योजना कार्यालय स्वयले त्यस्ता संरचना हटाई सडक बिस्तार कार्य अघि बढाउने र उक्त कार्यमा सबै पक्षबाट सहयोग गर्ने गरी निर्णय भएको छ ।
आयोजना कार्यान्वयनमा आइपर्ने गुनासो सुनुवाईका लागि सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी छ सदस्यीय समिति गठन गरेको छ ।
सदस्यमा मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड)का आयोजना प्रमुख,शुक्लागण्डकी नगरपालिकाका प्रतिनिधी, म्याग्दे गाउँपालिकाका प्रतिनिधी,आयोजनाको परामर्शदाताका वातावरण बिज्ञ एक र सामाजिक बिज्ञ एक जना रहने गरी समिति गठन गरेको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij