जनचाहना न्युज
तनहुँ २६ असार
साथीसंग पौडी खेल्ने क्रममा बेपत्ता भएका छिमेकी जिल्ला लमजुङ्गका एक बालक तनहुँमा मृत फेला परेका छन् ।लमजुङ्गको मध्यनेपाल नगरपालिका वडा नं ६ निवासी रेनु सुनारको दश बर्षीय छोरा रोनिश सुनार मृत फेला परेका हुन् ।
स्थानीय मिदिम खोलामा पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भएका बालकको शव आइतबार तनहुँको व्यास– १० बैरेनी स्थित सेती नदी किनारमा मृत फेला परेका प्रहरीले जनाएको छ ।
विद्यालयबाट घर फकिएपछि खाजा खाउ भन्दा नमानि साथीको संगतमा पौडी खेल्न जाँदा शनिबार खोलाले बगाएर बालक बेपत्ता भएका थिए । स्थानीयबासीले मादीनदी किनारमा बालकको शव स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए ।
मृतक बालकको शव सनाखत गरी आफन्तजनले बुझि लगेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij