जनचाहना न्युज
तनहुँ, २७ असार
तनहुँका एक युवकले आफ्नो जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च कटाएर शैक्षिक क्षेत्रमा सहयोग गरेका छन् । लायन्स क्लब अफ तनहुँका अध्यक्ष एवं आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका सदस्य समेत रहेका राजु दाहालले आफ्नो जन्मोत्सवको अवसरमा दुई छात्राको शैक्षिक क्षेत्रमा खर्च गरेका हुन् ।
व्यास नगरपालिका वडा नं १ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पस कक्षा १२ अध्ययनरत गरीब तथा जेहेन्दार छात्राको एक वर्षको लागि आवश्यक शैक्षिक शुल्क रु.बत्तीस सहयोग गरेर दाहालले जन्मोत्सव मनाएका हुन् ।
दाहालले क्याम्पसमा एक कार्यक्रमका बीच क्याम्पस छात्राबृद्धि कोषका संयोजक तथा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष बह्मादत्त तिमिल्सिना,व्यास नगरपालिकाका प्रथम प्रमुख तथा क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष ताराप्रसाद श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, कक्षा ११ र १२ का संयोजक चिरञ्जिवी बस्नेत लगायतले जन्मोत्सवमा फजुल खर्च कटौती गरेर समाजप्रति उदाहरणीय कार्य भएकोले यस्ता कार्यको सबैले अनुशरण गर्नुपर्नेमा जोड दिए ।
गतबर्ष पनि दाहालले जन्मदिनको अवसर पारेर जेहेन्दार विद्यार्थीको अध्ययनको लागि रु.सत्ताइस हजार सहयोग गर्नु भएको क्याम्पस प्रमुख हड्खलेले बताए । कार्यक्रममा दाहालले अध्ययनको कुनै अप्ठ्यारो परेको जानकारी पाएमा आफ्नो तर्पmबाट भविष्यमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
दाहालले आफ्नो जन्मदिनको अवसरमा फजुल खर्च नगरी विपन्न तथा जेहेन्दार विद्यार्थीको अध्ययनको लागि सहयोग गर्ने तथा आश्रममा रहेका जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेर मनाउदै आएको बताए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij