जनचाहना न्युज
तनहुँ ३० असार
गुरुपुर्णिमा, महर्षि वेद व्यासको जन्म दिन तथा भानु जयन्तिको अवसरमा जीवन सेवा अभियानको तेस्रो अधिवेशनमा सम्पन्न भएको छ । व्यास नगरपालिका १ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसमा बुधबार एक कार्यक्रमका बीच अधिवेशन सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी एवं जिल्ला समन्वय समिति तनहुँका अध्यक्ष शान्तिरमण वाग्लेले कार्यक्रमको उद्घाटन गर्दै विद्यार्थीहरुले गुरुहरू प्रति गरेको सम्मान, जीवन सेवा अभियानले गर्दा आएको काम र भविष्यको बारेमा राखेको सोचको प्रशंसा गरेका थिए । ईश्वरसम्म पुर्याउने पनि गुरू नै हुन भन्दै आफ्ना गुरुहरुलाई पनि कार्यक्रमबाट नै सम्झनु प्रशसनीय कार्य भएको उल्लेख गरे । संस्थाको मुख्य उद्देश्य आर्थिक रूपमा कमजोर विद्यार्थीहरुलाई अध्ययनका लागि सहज भूमिका निर्वाह गर्ने र देशको औपचारिक एवम व्यावहारिक शिक्षामा सहभागी गराउने लक्ष्य रहेको छ । संस्थाले हालसम्म ४० जना भन्दा धेरै विद्यार्थीको लागि जीवन सेवा अभियानले प्रत्यक्ष रुपमा छात्रवृति प्रदान गरेको संस्थाका संस्थापक अध्यक्ष राजेश कुमार श्रेष्ठले जानकारी दिए ।
भानु नगरपालिका वडा नं १२ का वडाध्यक्ष बेल बहादुर अधिकारीले आफूले शैक्षिक गतिविधिमा सहयोग गर्दा आत्मसन्तुष्टि हुने भएकोले बार्षिक रुपमा रु.पच्चीस हजार संस्थाको लागि सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाको भिडियो क्लिप बनाई सहयोग गर्नुभएकोमा बिकल श्रेष्ठ, संस्थापक राजेश कुमार श्रेष्ठ, वार्ड अध्यक्ष बेल बहादुर अधिकारी र जीवन विज्ञानका शिक्षिक दीपा पौडेललाई संस्थाले सम्मान गरेको थियो । कार्यक्रमका अध्यक्ष पूजा सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्याम्पस प्रमुख, निर्मल माध्यमिक विद्यालयका प्रधानाध्यपक जीवन विज्ञानका शिक्षक, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको सहभागीता रहेको थियो । त्यसैगरी संस्थाको तेस्रो अध्यक्षको रूपमा प्रमिता गहतराज सर्वसम्मत चयन भएकी संस्थाका संस्थापक अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij