Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

खोलाले बगाउँदा घाइते भएकी युबिनाको खातामा रु.एक लाख बहत्तर हजार संकलन

  • 254
    SHARES
  • 254 Shares
  • जनचाहना न्युज 
    तनहुँ ३० असार 
    व्यास नगरपालिकाका–११ सेरा स्थित बुल्दी खोलाले बगाउदाँ घाईते भएकी स्थानीय चार बर्षीय बालिका युबिना थापाको नाउँमा रु.एक लाख बहत्तर हजार दुई सय तेत्तिस संकलन भएको छ ।  घाइते बालिकाको उपचारको लागि थालिएको सहयोग अभियानमा कूल रु.तीन लाख सतचालिस हजार २३३ संकलन भएको मध्ये रु.एक लाख पचहत्तर हजार उपचारमा खर्च गरी बचत भएको रु.एक लाख बहत्तर हजार २३३ बालिकाको खातामा जम्मा गर्न लागेको हो । 
    गत असार २ गते सोही वडा स्थित बसन्त आधारभूत विद्यालयको कक्षा नर्सरीमा अध्यनरत थापा विद्यालयबाट घर फर्किने क्रममा स्थानीय बुल्दी खोलाले बगाउदाँ घाईते भएकी बालिकाको उपचार गरेर बढी भएको उक्त रकम बालिकाको नाउँमा जम्मा गर्न लागेको   हो ।  
    उक्त रकम विद्यालय प्रशासन, बालिकाको अभिभावक र टोल विकास समितिका अध्यक्षको रोहवरमा बालिकाको नाममा खाता खोली जम्मा गर्ने योजना बनाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम आले मगरले जानकारी दिए ।  
    खोलाले बगाउने क्रममा बालिकाको योनीको भाग भन्दा केही माथिबाट काठको ठोसो पस्दा पाठेघरसम्म पुगेर घाइते भएपछि उपचारको लागि पोखरा स्थित फिष्टेल हस्पिटलमा लागि लगिएको थियो । 
    आर्थिक अवस्था नाजुक रहेकी बालिकाको उपचारको क्रममा आर्थिक अभाव भएपछि विद्यालयकी पूर्व प्रधानाध्यापक शर्मिला पौडेल ओझाले सहयोग संकलनको लागि अभियान चलाएकी थिइन् । 
    बालिकाको उपचार पश्चात बढी भएको रकम बालिकाले नै प्रयोग गर्ने गरी बैकमा जम्मा गर्न लागेको विद्यालय प्रशासनले जनाएको    छ । बालिकको स्वास्थ्यमा सुधार आएपछि अहिले घर ल्याईएको छ । 
    सामाजिक संजाल मार्फत शिक्षिक ओझाले चलाएको अभियानमा व्यास नगरपालिका, वडा कार्यालय लगायत विभिन्न संघ सस्थाले आर्थिक सहयोग गरेका थिए ।
    बालिकाको स्वास्थ्यमा पुन ः समस्या आएमा सोही रकमले उपचार गर्ने र समस्या नआएमा पढाई खर्चमा खर्च गर्ने गरी बैकमा खाता खोलेर जम्मा गर्ने सहमति भएको शिक्षिका ओझाले जानकारी दिइन् । बचत भएको उक्त रकम बालिकाको बुबा अर्जुन थापा मगरलाई शिक्षक ओझाले बिहीबार हस्तान्तरण गरेकी थिइन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार