Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यास नगर समता विद्यालयमा भर्ना हुन आबेदन खुला गरियो

  • 472
    SHARES
  • 472 Shares
  • जनचाहना न्युज 
    तनहुँ ३१ असार 
    व्यास नगरपालिकाको सक्रियतामा व्यास नगरपालिका–७ शेराटारमा रहेको क्यामिन कोट प्राथामिक विद्यालयमा संञ्चालन गर्न लागेको ‘व्यास नगर समता विद्यालयले भर्ना खुला गरेको छ । व्यास नगरपालिका भित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाई परेका अनाथ, असहाय,विपन्न, शहीद,बेपत्ता,कोरोनाबाट मृत्यु भएका घर परिवारका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्ने उद्देश्यले उक्त विद्यालय संञ्चालन गर्न लागेको हो । 
    उक्त प्रकृतिका विद्यार्थीहरुका लागि नगरपालिकाले निशुल्क शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको व्यासका प्रविधि सूचना अधिकृत बिशाल पण्डितले जानकारी दिए । विद्यालय संञ्चालनको लागि आवश्यक पर्ने कर्मचारी पदपूर्तिको लागि विज्ञापन गरी आवश्यकता माग गरिसकेको नगरपालिका कार्यालयले जनाएको छ ।
    विद्यालयमा खाना पकाउने भान्से,शिक्षिका र सुरक्षाकर्मी लगायतका जनशक्ति माग गरिएको व्यासका सूचना अधिकारी एवं आलेप नोडल अधिकृत कुमार कञ्चन जिसीले जानकारी  दिए । 
    बिद्यालय संञ्चालनको लागि बिद्यार्थी भर्ना गर्न साउन २ गतेदेखि ८ गतेसम्म आवेदन फाराम बितरण गर्न सूचना जारी गरेको छ । समता विद्यालयमा अध्ययन गर्न इच्छुक बालबालिकाहरुको नामावली बिवरण उपलव्ध गराउन व्यास शिक्षा शाखाले अनुरोध गरेको छ । कक्षा ५ सम्म विद्यार्थी भर्नाको लागि आवेदन फाराम बितरण गरिएको व्यास शिक्षा शाखाका शिक्षा अधिकृत नविन पराजुलीले जानकारी दिए । उक्त बिद्यालयमा अध्ययन गर्न चाहने बालबालिकाहरुको नामावली बिवरण उपलव्ध गराई आवश्यक सहयोग गरिदिन आग्रह गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार