जनचाहना न्युज
तनहुँ ३२ असार
गुणस्तर शिक्षामा राष्ट्रिय रुपमा ख्याति कमाउँदै आएको व्यास नगरपालिका २ स्थित सत्यवती माध्यमिक विद्यालयले शिक्षकहरुको क्षमता अभिवृद्धि संम्बन्धि प्रशिक्षण दिएको छ ।
उक्त विद्यालयले शनिबार शिक्षकलाई क्षमता अभिवृद्धि तथा परिवर्तित पाठ्यक्रम, पाठ्य पुस्तक र विशिष्ठीकरण तालिका आदिका बारेमा शिक्षकलाई प्रशिक्षण दिएको हो ।
आफ्ना विद्यालयको मात्रै नभई अन्य विद्यालयका शिक्षकहरु पनि लाभान्वित भई शैक्षिक गुणस्तर वृद्धिमा टेवा गर्दै आएको छ । उक्त कार्यक्रमको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । सो अवसरमा नगरप्रमुख न्यौपानेले सत्यवतीको सरह अन्य विद्यालयले पनि गुणस्तर शिक्षा प्रदान गर्न पहलकदमी थाल्नुपर्ने बताए । सत्यवती विद्यार्थी धेरै भएर भर्ना गर्न नसक्ने अवस्था आएको उल्लेख गर्दै नगर प्रमुख न्यौपानेले त्यसको विकल्प सोच्नु पर्ने बेला आएको बताए । सत्यवतीको शिक्षकहरु अन्य विद्यालय सारेर गुणस्तरीय प्रदान गर्न सकिने भएकोले त्यसतर्फ सोचाई आएको बताए।
कार्यक्रममा व्यास नगरपालिका वडा नम्बर २ वडाध्यक्ष काशीराम श्रेष्ठले यस्ता कार्यक्रमले शिक्षकहरूबीच सम्बन्ध र सहकार्य विकास गरी शिक्षण सिकाइमा सुधार ल्याउन सहयोग पुग्ने बताए । उक्त कार्यक्रममा सहभागि शिक्षकलाई व्यास नगरपालिकाका प्रमुख न्यौपाने, गण्डकी प्रदेश शिक्षा निर्देशक अम्बिका आचार्य, शिक्षा विभाग उपसचिव डा.गणेशप्रसाद भट्टराई,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्ले लगायतले प्रशिक्षण दिएका थिए । पाठ्यक्रम समय समयमा परिवर्तन हुने सोही अनुसार शिक्षक पनि परिवर्तन हुन जरुरी रहेकोले प्रशिक्षण सञ्चालन गरिएको हो ।
गुणस्तरीय शिक्षाका लागि शिक्षक योग्य, सक्षम, शैक्षणिक कलाकौशलले निपुण हुनु जरूरी भएकोले प्रशिक्षणको आयोजना गरिएकोे सत्यवती माविका प्रधानाध्यापक एकबहादुर गुरुङले बताए।
व्यास नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख नबिन पराजुलीले व्यास नगरपालिकाले गर्नु पर्ने कार्य सत्यवतीले गरेको भन्दै प्रशंसा गरे। शिक्षण कला कौशलको विकास, योग्यता अभिवृद्धि र विकसित सक्षमताको प्रभावकारी प्रयोग गरी शिक्षण तथा सिकाइ उपलब्धिमा अपेक्षित सुधार हुने अपेक्षा विद्यालयले गरेको छ ।
शिक्षण सिकाइको विधि तथा प्रक्रियालाई स्तरीकरण गर्नु अत्यावश्यक हुने भएकोले यस्ता प्रशिक्षण गरिनु आवश्यक रहेको शिक्षा विभागका उपसचिव भट्टराईले बताए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij