जनचाहना न्युज
तनहुँ १ साउन
व्यास नगरपालिका–१ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसको प्रमुखमा ६ महिनाको लागि पुन ः महाप्रसाद हड्खले नियुक्त भएका छन् । क्याम्पस संञ्चालक समितिको शनिबार बसेको बैठकले आगामी पुस महिनासम्मको लागि पुन ः क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । नयाँ कार्य संञ्चालक समिति गठन नहुँदासम्म हड्खलेलाई निरन्तरता दिने निर्णय अनुरुप ६ महिनाको लागि नियुक्त गरेको हो ।
क्याम्पस संञ्चालक समितिको अधिवेशन आगामी भदौ १८ गते हुदैछ । निर्वाचित नयाँ संञ्चालक समितिले नयाँ समितिले क्याम्पस प्रमुख चुन्न पाउने अधिकार हुनेछ । क्याम्पस प्रमुखको अवधि कम्तीमा चार बर्षको हुनेछ । नयाँ संञ्चालक समिति नआउँदासम्मको लागि क्याम्पस संञ्चालनको लागि हड्खलेलाई नै नियुक्त गरेको हो । ६ महिना पछि संञ्चालक समितिले हड्खलेलाई क्याम्पस प्रमुखमा निरन्तरता दिन पनि सक्छ या नयाँ व्यक्तिलाई छनोट गर्न सक्नेछन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij