Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँको भानु र बन्दिपुरबाट हतियार र लागूऔषध सहित तीन पक्राउ  

  • 302
    SHARES
  • 302 Shares
  • जनचाहना न्युज 
    तनहुँ २ साउन ः  
    जिल्लाको भानु र बन्दिपुरबाट  प्रहरीले एसएलआर हतियारको गोली र लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । लागूऔषध कारोबारीमा संलग्न भानु नगरपालिका वडा नं १ शुक्रखोला निवासी ३० बर्षीय भरत तामाङ्गलाई प्रहरीले हतियार र लागूऔषध सहित पक्राउ गरेको हो । 
    निजको शरीर तथा घरकोठाको खानतलासी लिदा निजले प्रयोग गर्ने नूफिन,फेनेरागन र डाइजेपाम एक÷एक थान एम्पुल र चार थान सिरिन्ज सहित उक्त हतियार पक्राउ गरेको प्रहरीले जनाएको छ । भानुबाट प्रहरी निरीक्षक रमेश विष्ट सहितको प्रहरी टोलीले उक्त व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको हो । 
    प्रहरीले उक्त स्थानमा ७.६२ एमएफएस २००१ लेखिएको हतियार र राइफलमा प्रयोग हुने दुई गोली थान समेत बरामद गरेको प्रहरी निरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।  
    त्यसैगरी जिल्लाको बन्दिपुर गाउँपालिका–४ भैसीखा बस्ने २१ बर्षीय मन बहादुर गुरूङ सोही पालिकाको वडा न–४ च्यान्चा निवासी ३० बर्षीय आशिष कायस्थलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
    प्रहरीले नियन्त्रणमा रहेका गुरूङको साथबाट लागूऔषध नूफिन १७ एम्पुल डाइजेपामा १७ र फेनेरागन खिएको १७ एम्पुल गरी ५१ एम्पुल लागूऔषध  बरामद गरेको जनाएको छ । 
    त्यसैगरी अर्का व्यक्ति कायस्थको साथबाट लागूऔषध नूफिन दुई,डाइजेपाम दुई र फेनेरागन दुई गरी ६ थान एम्पुल बरामद गरेको छ । 
    औषध कारोबारमा संलग्न मन बहादुर गुरुङ, आशिष कायस्थ र भरत तामाङलाई बरामद लागू औषध तथा गोली सहित नियन्त्रणमा लिई तनहुँ जिल्ला अदालतबाट म्याद थप लिई आवश्यक अनुसन्धान कार्य भईरेहेको प्रहरीले जनाएको छ । लागूऔषध तथा खरखजना कसूर अन्र्तगत प्रहरीले अनुसन्धान थालेको हो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार