Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

दमौलीको लोकप्रिय स्वास्थ्य क्लिनिकको सटर फोड्दै गरेको अवस्थामा भानुका परियार पक्राउ 

  • 428
    SHARES
  • 428 Shares
  • जनचाहना न्युज 
    तनहुँ २ साउन 
    व्यास नगरपालिका–२ गणेशमानचोक स्थित लोकप्रिय स्वास्थ्य क्लिनिक प्रा.लि.को सटर फोडी पैसा चोर्न पल्किएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्लाको भानु नगरपालिका वडा नं.१ नयाँबस्ती निवासी २० बर्षीय सुजन परियारलाई पसलको सटर फोड्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 
    गत असार ३२ गते राती राती करिब १२ बजेको समयमा सोही पसलको सटर फोडी रु.एक लाख पैतिस हजार चोरी गरी फरार रहेका परियारलाई दोस्रो पटक चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।   
    पसलको सटर फोडेर उक्त रकम लिएर फरार रहेका परियारलाई सिसि क्यामेराको फुटेजको हुलियाको आधारमा पक्राउ गर्न सफल भएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।  
    परियारले पुन ः क्लिनिक तोडफोड गर्दै गरेको अवसमा स्थानीय व्यक्तिको सहयोगमा प्रहरीले फेला पारी नियन्त्रणमा लिन सफल भएको हो । निज परियरलाई नियन्त्रणमा लिई सोमबार तनहुँ जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी अनुसन्धान थालेको उनले बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार