Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

युनेस्को क्लब र नवजन सहकारी सस्थाद्धारा पनि खाद्यान्न सहयोग

  • 212
    SHARES
  • 212 Shares

  • तेस्रो चरण खाद्यान्न वितरण कार्यक्रममा युनेस्को क्लब नेपालका अध्यक्ष आनन्दराज त्रिपाठीले भारी बोकेर अपाङ्गता भएका व्यक्तिहरुलको घरमा पु¥याउनु भएको थियो । व्यास नगरपालिका वडा नम्बर ४ को पानी ट्याङ्कीमा खाद्यान्न वितरण गर्दै अध्यक्ष त्रिपाठीले निडा र  रेडक्रस दुम्सी शाखाको अपाङ्गता भएका व्यक्तिलाई घर दैलोमा नै पु¥याएकोमा प्रशंशा गर्नु भएको थियो । रेडक्रस दुम्सीकोट उपशाखाका सभापति रामदक्त पौडेल, उपसभापति विष्णुप्रसाद अधिकारी सचिव श्रीकृष्ण आचार्य , सदस्य हरिभक्त अधिकारी, निडाकी प्रतिनिधी सोममाया गुरुङ समेत खाद्यान्नको भारी बोकेर अपाङ व्यक्तिको घरदैलोमा पुग्नु भएको थियो । नेपाल रेडक्रस तनहुँका सभापति कृष्णहरी गैरै अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमा नै खाद्यान्न पु¥याउने कार्य अनुकरणीय भएको बताउनुभयो । 
    नवजन विकास सहकारी सस्थाद्धारा पनि खाद्यान्न सहयोग 
    अपाङ्गताहरुको आवद्धता सञ्चालनमा ल्याईएको व्यास नगरपालिका–२ बागबजार दमौली स्थित नव जनविकास वचत तथा ऋण सहकारी सस्थाद्धारा २१ जना अपाङ्गता भएका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरिएको छ । सहकारीबाट प्राप्त सहयोग सामग्री पनि नेपाल रेडक्रस सोसाईटी दुम्सीकोट उपशाखाले समन्वय गरी घर घरमै वितरण गरिएको थियो । सहकारीले म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाका अपाङ्गता भएकालाई मद्धत गरिएको हो । 
    खाद्यान्न वितरणको लागि नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीले निडा तथा नवजनविकास सहकारी सस्थासँग समन्वय गरी सहयोग जुटाएको नेपाल रेडक्रस सोसाईटी दुम्सीकोट उपशाखा सभापति रामदक्त पौडेलले जानकारी दिनुभयो ।  तीन चरणमा गरी प्रति व्यक्ति दुइ हजार पाँच सय भन्दा बढीको करीव ५ लाख मूल्य बराबरको खाद्यान्न वितरण गरिएकोे  सभापति पौडेलले बताउनुभयो । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार