Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँको दमौली बजारमा जोगी भेषका बृद्व मृत फेला 

  • 379
    SHARES
  • 379 Shares
  • जनचाहना न्युज 
    तनहुँ ७ साउन 
    जिल्लाको व्यास नगरपालिका–३ पराशर टोल स्थित अनसन चौतारी नजिक शनिबार जोगी भेषका एक पुरुष व्यक्ति मृत भेटिएका छन् । नामथर वतन खुल्न नसकेका अन्दाजी ६०÷६५ बर्षका जोगी भेषमा मागि हिड्ने व्यक्ति मृत फेला परेका हुन् । । 
    बर्ण गहुँगोरो,मझौला शरीर,दाह्री जुंगा फुलेका व्यक्ति मृत अवस्थामा भेटिएकोले चिन्नुहुने महानुभावले जिल्ला प्रहरी कार्यालय तनहुँमा सम्पर्क गर्न आग्रह गरेको छ ।
    निजका संम्बन्धित घरपरिवार तथा आफन्तजनलाई खबर गरी उक्त कार्यालयको सम्पर्क नम्बर ९८५६०९०१७८ मा खबर गरिदिन अनुरोध गरेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।  
    मृतकको शव पोष्टमार्टमको लागि दमौली अस्पतालको शवगृहमा राखि पहिचानको लागि अनुसन्धान भैरहेको उनले बताए ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार