जनचाहना न्युज
तनहुँ ८ साउन
व्यास नगरपालिकाको नियमित बैठक आइतबार सम्पन्न भएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले स्वय सेवक शिक्षक व्यवस्थापन कार्यबिधी २०७९ पारित गरेको छ । बैठकले चालिस जना स्वंयमसेवक शिक्षक समावेशी आधारमा छनोट गर्ने निर्णय गरेको छ । उक्त वैठकमा उपप्रमुख इन्दिरा दरै,प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल,१४ वडा अध्यक्ष, ८ कार्यपालिका सदस्य समेतको उपस्थिति रहेको थियो । उक्त बैठकले असार २२ गतेको बैठकको निर्णय उपर समिक्षा गरी कार्यन्वयन हुन बाँकी रहेका बिषयहरु कार्यन्वय गर्न सम्बन्धित शाखा र वडालाई निर्देशन दिएको छ ।
मतदान केन्द्र परिवर्तन सम्बन्धमा सर्वदलिय वैठकबाट भएका निर्णय अनुसार मतदान केन्द्र थप विवरणको आवश्यक तयारी गर्न सम्बन्धित वडा समितिलाई निर्देशन दिने निर्णय गरेको छ । व्यास नगरपालिकाको आजको बैठकबाट सर्वसम्मत निम्नानुसार ५ जना सल्लाहकार मनोनयन गर्ने निर्णय गरियो । अन्य, महिला समेतको सहभागिता हुने गरी अर्को बैठकमा सल्लाहकार थप गर्ने समेत निर्णय गरेको छ । जसमा प्रथम नगर प्रमुख तारा प्रसाद श्रेष्ठ, पुर्व नगर प्रमुख धुर्व वाग्ले,इञ्जिनियर सुर्य नारायण श्रेष्ठ, पर्यटन विद् श्री हरिसिं गुरुङ र कृषि विज्ञ श्री थम बहादुर दरैलाई चयन गरेको छ । व्यास नगरपालिकाको कानूनी सल्लाहकारमा अधिवक्ता यज्ञ बहादुर रानालाई निरन्तरता दिने निर्णय गरेको छ ।
व्यास नगरपालिका खेलकुद समिति वडा नं ९ का अध्यक्ष सुरेश थापाको अध्यक्षता रहने र जीवन गुरुङ, वडाध्यक्ष विश्व अधिकारी वडा नं ३ सदस्य रहने गरी मनोनयन गर्ने र बाकिँ सदस्यहरु आगामी बैठकमा थप गर्ने निर्णय गरेको छ । व्यास नगरपालिकाको प्रवक्तामा वडा नं ६ का अध्यक्ष जीवन गुरुंङलाई मनोनयन गर्ने निर्णय गरेको छ । व्यास नगरपालिकाको विभिन्न गतिविधिका बारेमा सल्लाह सुझाब दिन नगर प्रमुख, उप(प्रमुख , प्रमुख प्रशासकीय अधिकृत समेतको उपस्थितिमा हरेक महिनाको २ गते विहान ११३० वजे नगरपालिकामा नगरबासीँसग सम्बाद कार्यक्रम गर्ने निर्णय गरेको छ ।
हरेक महिनाको एक दिन सम्बन्धित वडा समितिले निर्णय गरेको मिति, समय र स्थानमा वडा बासींसँग वडाअध्यक्ष समेत प्रतिनिधिसंग सम्बाद कार्यक्रम गर्ने निर्णय गरिएको छ । विपद् व्यवस्थापन अन्तरगत सतर्क रहन नगरबासीलाई अनुरोध गर्ने र पुर्नस्थापनाका लागि तत्काल संम्बोधन गर्न आवश्यक जाली, ह्मुम पाइप खरिद गर्ने, घर, गोठ, जग्गा जमिन संरक्षणको व्यवस्थापन गर्ने निर्णय गरेको छ । साथै दमौली बजारमा २०७८ फागुन २० गते भएको आगलागी पिडितहरु र अन्य विभिन्न घटनामा प्रभावितहरुलाई राहत सुविधा उपलब्ध गराउने निर्णय पनि गरेको व्यास नगरपालिका कार्यालयले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij