Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँमा जेठी श्रीमतिको कुटाईले श्रीमान र कान्छी श्रीमति सख्त घाइते

  • 944
    SHARES
  • 944 Shares
  • सांकेतिक तस्बीर ः 


    तनहुँमा जेठी श्रीमति र छोराछोरीको कुटाईबाट श्रीमान र कान्छी श्रीमति सख्त घाइते भएका छन् । 
    व्यासनगरपालिका–१ जलदेवी टोल निवासी श्रीमान् दलबहादुर र कान्छी श्रीमति चन्द्र कुमारी थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 
    घाइते द्वयको दमौली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा मेट्रो प्लसमा उपचार भैरहेको छ । 
    कुटपीटमा संलग्न जेठी श्रीमति छोरा र छोरी गरी चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी  दिनुभयो । 
    शनिबार बिहान करिब २ बजेको समयमा थापा परिवारमा झैझगडाको साथै हानाहान भएको बुझिएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार