Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यासले वास्ता गरेन् ,फर्निचर व्यवसायीले छाइदियो बृद्वको घर 

  • 407
    SHARES
  • 407 Shares
  • जनचाहना न्युज 
    तनहुँ ८ साउन 
    नेपाल फर्निचर व्यवसायी महासंघको आठौं स्थापना दिवसमा तनहुँ फर्निचर व्यवसायी संघले यहाँका एक बृद्वको घरको छानो छाइदिएको छ । व्यास नगरपालिका वडा नं १ निर्मलनगर टोलमा बिगत लामो समय बसोबास गर्दै आएका बृद्व धन बहादुर आलेको घर छाउन संघले जस्तापाता सहयोग गरेको हो । 
    पानी पर्दाको समयमा चुहिदै आएको टिनको छानो फेर्नका लागि व्यास नगरपालिका कार्यालयमा पटक पटक धाउदा पनि कुनै सुनुवाई नभएपनि फर्निचर व्यवसायीले सहयोग गरेको संघका जिल्ला अध्यक्ष अम्मर भण्डारीले जानकारी दिए । 
    पानी परेपछि रातभर जाग्रम बस्नुपर्ने आले परिवारको बाध्यतालाई मध्यनजर गर्दै रु.दश हजार बराबरको जस्तापाता र घर छाउनको लागि ज्याला स्वरुप रु.एक हजार गरी रु.एघार हजार सहयोग गरेको अध्यक्ष भण्डारीले बताए । संघले जस्तापाता सहयोग गरेपछि खुशी हुदै आले परिवारले भने,अब ढुक्कसंग सुत्न पाइन्छ होला । 
    तनहुँ फर्निचर व्यवसायी संघले बिगतका दिनमा पनि विविध कार्यक्रम गरी स्थापना दिवस मनाउँदै आएको थियो । 
    कार्यक्रममा संघका सचिव सन्तोष बि.क.,अभियान भण्डारी,दीपक गैरे,राजेश सदाशंकर,मिनबहादुर बिक,लालकुमार थापा,इन्द्र बहादुर मल्ल,दिलबहादुर थापा,दुर्गा बहादुर लौडारी लगायतका वक्ताहरुले फर्निचर व्यवसायी संघले सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार