जनचाहना न्युज
तनहुँ ९ साउन
इलाका प्रहरी कार्यालय बेलचौतरा तनहुँको आयोजनामा बिद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीलाई आइतबार साइबर अपराध संम्बन्धि प्रशिक्षण प्रदान गरिएको छ । शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार माध्यमिक विद्यायका शिक्षक, शिक्षिका र कक्षा १२ मा अध्ययनरत छात्रछात्रा गरी एक सय बीस जनालाई उक्त प्रशिक्षण प्रदान गरेको हो । इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक भोजराज पाण्डेले साइबर अपराध संम्बन्धि प्रशिक्षण दिएका हुन् । साइबर अपराध संम्बन्धि सचेतना जगाउने उद्देश्यले विद्यालयलाई केन्द्रित गरी यस किसिमका प्रशिक्षण प्रदान गर्दै आएको उनले बताए । शिक्षक र बिद्यार्थीलाई प्रशिक्षण दिदाँ गाउँ,घर र समाजमा सन्देश प्रवाह गर्न सहज हुने बताइएको छ ।